मोटरसाइकलसहित दुई चोर पक्राउ

मोटरसाइकलसहित दुई चोर पक्राउ

राजविराज : मोटरसाइकल चोरी गरी मोटरसाइकल चलाउँदै गरेका दुई चोरसहित दुई मोटरसाइकल पक्राउ गरेको छ। राजविराज नगरपालिका ६ का १९ वर्षीय रामकुमार भनिने रामप्रसाद दास र छिन्नमस्ता गाउँपालिका ३ का १८ वर्षीय शम्भु मुखिया पक्राउ परेका हुन्।

राजविराज ७ स्थित निकेश दासको औषधि पसल अगाडी पार्किङ गरी राखिएको अवस्था चोरी भएको स.७ प २९४४ नम्बरको उक्त मोटरसाइकलसहित दास पक्राउ परेका हुन्। यसैगरी नम्बर नदेखिने गरी केरमेट गरेर चोरीको मोटरसाइकलमा हिंड्दै गरेका छिन्नमस्ता गाउँपालिका ३ का १८ वर्षीय शम्भु मुखिया समेत पक्राउ परेका छन्।

चोरी भएको स.६प ४५३५ नम्बरको कालो रंगको पल्सर १५० सि.सि.को मोटरसाइकलको नम्बर केरमेट गरी चढेको पत्ता लागेपछि मोटरसाइकलसहित मुखियालाई पक्राउ गरेको डीएसपी ध्रुबकुमार श्रेष्ठले बताए। मुखियालाई छिन्नमस्ता गाउँपालिका-३ स्थित सखडा–राजविराज सड्क खण्डबाट पक्राउ गरिएको हो।

राजविराज नगरपालिका ७ स्थित रगंशालाभित्र रहेको मोटरसाइकल पार्किङ्गबाट चोरी भएको सो मोटरसाइकल मो. समिम अख्तर अलीको रहेको प्रहरीले जनाएको छ। पाँच दिनअघि मात्र प्रहरीले नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरिरहेको चोरीका पाँच मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको थियो।

प्रहरीले छिन्नमस्ता गाउँपालिका १ बस्ने ३० वर्षीय संजय यादव, डाक्नेश्वरी नगरपालिका ४ बस्ने १८ वर्षीय संजयकुमार यादव, राजविराज नगरपालिका ७ बस्ने १८ वर्षीय प्रदिपकुमार राम र १९ वर्षीय राजेशकुमार रामलाई पक्राउ गरेको थियो।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.