भूकम्पले भत्किएका स्वास्थ्यचाैकी बने

भूकम्पले भत्किएका स्वास्थ्यचाैकी बने

गोरखा : भूकम्पले भत्काएका गोरखाका सबै स्वास्थ्यचौकी तीन वर्षको अवधिमा निर्माण भइसकेका छन् । भत्किएका ५५ वटै स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक केदार पराजुलीले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भएकामध्ये तीन वटा हस्तान्तरण गर्न बाँकी छन् । निर्माण सम्पन्न भएकामध्ये सातवटा सरकारी निकायले र बाँकी सबै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को सहयोगमा बनेका हुन्।

सबभन्दा धेरै स्वास्थ्यचौकी युनिसेफले निर्माण गरिदिएको जिल्ला जनस्वास्थ्य कार्यालयका एनजीओ समन्वय शाखाका नानीबाबु दानीले जानकारी दिए । युनिसेफले १३ वटा स्वास्थ्यचौकी बनाइदिएको छ । सेभ द चिल्ड्रेनले आठ वटा, आइएमसीले सात वटा, असल छिमेकी पोखराले पाँच वटा, केयर नेपालले तीन वटा, नेदरल्यान्ड लेप्रोसी रिलिफ (एनएलआर)ले एउटा र वल्र्डभिजनले दुइटा स्वास्थ्यचौकी निर्माण गरेको दानीले बताए ।

त्यस्तै, शुभ अवसर ग्रामले दुई वटा, गुडनेबर्स इन्टरनेसनलले चार वटा, फेस नेपालले दुई वटा, माउन्टेन चाइल्डले एउटा, कम्युनिटी एक्सन नेपाल (क्यान)ले पाँच वटा स्वास्थ्यचौकी बनाएको छ । लोककल्याणकारी संघ नेपाल (स्वान नेपाल) नामक एनजीओले १० वटा स्वास्थ्यचौकी बनाएको छ । तर, अस्थायी संरचना मात्र बनाएको दानीले बताए ।

नेपाल सरकारले थालाजुङ, खोप्लाङ, सिर्दिबास, बोर्लाङ, भच्चेक, घ्याल्चोक र आरुआर्बाङ स्वास्थ्यचौकी निर्माण गरेको जिल्ला जनस्वास्थ्य प्रमुख पराजुलीले बताए ।

भूकम्पपछि निर्माण भएका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर पनि छन् । ‘भूकम्पपछि निर्माण सम्पन्न भएका स्वास्थ्यचौकीमा २४ घण्टे प्रसूति केन्द्र पनि तयार भएका छन्’, वरिष्ठ जनस्वास्थ्य प्रशासक पराजुलीले भने, ‘जसले बनायो उसले स्वास्थ्यचौकीमा आवश्यक औषधी, उपकरण, फर्निचर र क्वाटरका लागि आवश्यक पलङ, ओढ्ने ओछ्याउने, भाँडाकुँडासमेत उपलब्ध गराएका छन् ।’

भूकम्प गएको ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि स्वास्थ्यचौकी निर्माण गर्न करिब तीन वर्ष लागेको हो । ‘पाँच गुना बढी समय लाग्यो तर ढिलै भए पनि अहिले सुविधा सम्पन्न स्वास्थ्यचौकी बनेका छन्’, जिल्ला जनस्वास्थ्य प्रमुख पराजुलीले भने, ‘भूकम्पले क्षतिग्रस्त भएका बेला गरेको सहयोग अविस्मरणीय छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.