असमान सन्धि-सम्झौता कार्यान्वयन गर्न लागेको भन्दै चार कम्युनिस्ट पार्टीको विरोध
काठमाडौं : चार कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रम राष्ट्रहित विपरित असमान सन्धि–सम्झौता कार्यान्वयन गर्न लागेको भन्दै आन्दोलन गर्ने घोषणा गरेका छन् ।
मोहन वैद्यको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा(मसाल), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले असमान सन्धि–सम्झौता कार्यान्वयन गर्ने कुराको विरोध र भत्र्सना गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उनीहरुले अरुण तेस्रो जलविद्युत परियोजनाको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त रुपमा शिल्यान्यास गर्ने कुरा विरोधमा चैत २४ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने बताएका छन् ।
चारै पार्टीले राष्ट्रियता, जनतन्त्र जनजीविका लगायतका मुद्दामा कार्यगत एकता गर्दै सयुक्त संघर्ष गर्ने सहमति गरेका हुन् । चार पार्टीले सयुक्त रुपमा बैशाख ३ गते राष्ट्रियता विषयमा समेत अन्र्तक्रिया गर्ने भएका छन् ।