बाजुरामा स्वास्थ्य बिमा शुभारम्भ

बाजुरामा स्वास्थ्य बिमा शुभारम्भ

बाजुरा : “तपाइको स्वास्थ्य हाम्रो अठोट” भन्ने नारा सहित बाजुरा जिल्लामा स्वास्थ्य बिमाको सदस्य दर्ता कार्यक्रम शुभारम्भ भएको छ । आइतबार कार्यक्रमको औपचारिक रुपमा प्रतिनिधिसभाका सदस्य सांसद लाल बहादुर थापा र जिल्ला समन्वय समिति बाजुराका संयोजक नरेन्द्र कुमार रोकायाले आफ्नो नाम दर्ता गरी स्वास्थ्य बिमा सदस्य बने ।

सबै नेपाली नागरिकहरुलाई सर्वशुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको पहँुच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको माध्यायबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यका साथ बिमा कार्यक्रम सुरु गरिएको हो । स्वास्थ्य सेवा बोर्डले सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) कार्यक्रम सञ्चालन गर्ने लागिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले बताए ।

०७४÷७५ सम्म कुल ३९ जिल्लामा सामाजिक सुरक्षा कार्यक्रम पुर्‍याउने योजना रहेको छ । सरकारको सन् २०२२ सम्म अति कम विकसित राष्ट्रको सूचीबाट मध्यम आय भएका विकाशिल मुलुकको सुचीमा सूचीकृत हुन सहयोग पुग्ने आशा लिएको उनँको भनाईे छ ।

प्रदेश नं. ७ को कैलाली जिल्लामा २०७३ चैत २५ गतेबाट लागु भएको थियो । अहिले बाजुरासँगै ३२ जिल्लामा कार्यक्रम विस्तार भइसकेको छ । हालसम्म सबै जिल्लाको रु ३३ करोड योगदान रकम संकलन भएको बताइएको छ ।

स्वास्थ्य बिमा कार्यक्रमका ६ लाख ८ हजार ५ सय ४० जना सदस्य मध्येका १ लाख ३२ हजार जना सेवाग्राहीहरुले साना तथा ठुला प्रकृतिका स्वास्थ्य उपचार सेवा लिइसकेका छन् । त्यस वापतको स्वास्थ्य संस्थाहरुले २३ करोड भुतmानी पाएका प्रदेश नं. ७ को स्वास्थ्य बिमा संयोजक जनक साउँदले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.