कर्मचारी काममा नगए बिदा : मन्त्री पण्डित

कर्मचारी काममा नगए बिदा : मन्त्री पण्डित

विराटनगर : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताए ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रष्ट पारे ।

मन्त्री पण्डितले सबै कार्यालयमा परिपत्र पठाएर स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको बताउँदै लुकीछिपी हाजिर गराउनदिने प्रमुखलाई कारबाही गरिने चेतावनी दिए ।

कर्मचारीलाई सरकारले खटाएका ठाउँमा जान बारम्बार आह्वान गरिएको बताउँदै नगएमा त्यस्ता कर्मचारीलाई बिदा दिइने स्पष्ट पारे । अर्को प्रसङ्गमा उनले आफूले चाहेको सचिव आफ्नै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच राख्न नहुने बताउँदै सबै सचिवले आ–आफनो जिम्मेवारी लिइसकेको प्रष्ट पारे । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.