वेपत्ता भएको सात महिनापछि शव फेला
भोजपुर : षडानन्द नगरपालिका किमालुङ्गका सेतु शेर्पा सात महिनापछि मृत भेटिएको इलाका प्रहरी कार्यालय दिङ्लाले बताएको छ ।
गएको असोज ३ बाट वेपत्ता शेर्पाको शव सोमबार किमालुङ्गको गित्रे भन्ने जंगलमा सडेको अवस्थामा भटिएको थियो । स्थानीयले जंगलमा सतुवा नामक जडीबुडी खोज्ने क्रममा उनको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै उनको सनाखत गरि आवश्यक प्रक्रिया पुरा गरिसकिएको इलाका प्रहरी चौकी दिङ्लाका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताए । मृतकको शवको मुचुल्का तयार गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।