थारू समुदायमा वंशाणुगत रोग जटिल

थारू समुदायमा वंशाणुगत रोग जटिल

काठमाडौं : वंशाणुगत रोगका रूपमा चिनिने सिकलसेल एनिमियाबाट पश्चिम तराईमा बस्दै आएका थारू समुदायका हजारौं व्यक्ति प्रभावित भएका छन्। चार वर्षयता विभिन्न जिल्लामा २० जना भन्दा बढीको मृत्यु भइसकेको छ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सिकलसेल एनिमियाका बिरामी बढेपछि सरकारले अनुसन्धान अघि बढाएको छ। भेरी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेका अनुसार अस्पतालमा उपचार गराउन आएकामध्ये झन्डै दुई हजार व्यक्तिमा सिकलसेल एनिमियाको लक्षण देखिएको थियो। तीमध्ये साढे पाँच हजार बिरामीको उपचार भइरहेको डा.पाण्डेले बताए। अन्य बिरामीको दाङ, बर्दिया, कैलाली र काठमाडौंमा उपचार भइरहेको छ।

रोगले जटिल रूप लिन थालेपछि स्वास्थ्य अनुसन्धान परिषद्ले दुई सातादेखि रोगबारे विस्तृत अध्ययन अनुसन्धान सुरु गरेको जनाएको छ। परिषद्का कार्यकारी अध्यक्ष प्राडा अञ्जनकुमार झाका अनुसार पहिलो चरणमा बर्दियाको बाह्रबर्दिया नगरपालिका क्षेत्रमा २० हजार थारू समुदायका मानिसको रगत संकलन गरी परीक्षण गर्न लागिएको छ।

संकलित सबै रगतको परीक्षण चार महिनाको अवधिमा सक्ने लक्ष्य लिइएको छ। त्यसपछि मात्र सिकलसेलको अवस्थाबारे यथार्थ विवरण सार्वजनिक हुने उनले बताए। सिकलसेल एनिमियाका बिरामीको स्थानीय अस्पतालमा उपचार हुँदै आएको छ। भेरी अञ्चल अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेका अनुसार रक्तकोषमा अक्सिजन लैजाने हेमोग्लोबिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुन्छ। चिकित्सा भाषामा यसलाई हेमोग्लोविनप्याथि भनिन्छ। डा. पाण्डेले अन्नपूर्णसँग भने, ‘रगतसम्बन्धी वंशाणुगत रोग हो। वंशाणुगत रूपमा सर्ने रक्त अल्पता नै सिकलसेल एनिमिया हो।’

– पाँच जिल्लामा देखियो
– बर्दियामा २० हजारको रगत संकलन हुँदै

– बाँकेमा साढे पाँच सय उपचाररत

– भेरी अस्पतालमा २० जनाको मृत्यु

– थारू समुदायका सबैको स्क्रिनिङ गर्नुपर्ने खाँचो

स्वस्थ व्यक्तिको रक्तकोषको आकार गोलो हुन्छ। तर, सिकलसेल एनिमियाबाट प्रभावित भएका बिरामीको रक्तकोष हँसिया आकारको बन्न पुग्ने डा.पाण्डे बताउँछन्। सिकल (हँसिया आकारको) कोष हुने भएकाले सिकलसेल एनिमियाबाट यो रोगलाई चिनिने गरिन्छ। सामान्यतयाः रक्तकोषको आयु एक सय २० दिनको हुन्छ। तर, हँसिया आकारको हुन पुग्यो भने २५ दिनको अवधिमै मर्ने हुन्छ। शरीर दुख्ने, जोर्नीहरू दुख्नेलगायत लक्षण देखा पर्छ।

बुबा वा आमामध्ये एउटाबाट सन्तानमा स¥यो भने लक्षण देखिँदैन। डा. पाण्डे भन्छन्, ‘बुबा र आमा दुवैबाट स¥यो भने लक्षण देखिन्छ। बुबा वा आमामध्ये एक जनालाई मात्र सिकलसेल एनिमिया छ भने सन्तानमा रोगको लक्षण देखिँदैन।’

रोगबारे जानकारी नपाउँदा बिरामी धामीझाँक्रीमा जाने गरेको पाइएको छ। डा.पाण्डेले भने, ‘झारफुकलगायत अन्य ठाउँमा जाँदासमेत सन्चो नभएपछि अस्पताल आउने चलन थियो। अहिले विस्तारै त्यो बानी हट्दै गएको छ।’ यद्यपि, रोग पहिचानका लागि थारू समुदायमा स्क्रिनिङ गर्नुपर्ने खाँचो रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.