एनसेलको 'सही’ डेटा प्याकमा निःशुल्क भिडियो स्ट्रिमिङ

एनसेलको 'सही’ डेटा प्याकमा निःशुल्क भिडियो स्ट्रिमिङ

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक एनसेलले ‘फ्युल योर फन’ योजनाअन्तर्गत अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ।

‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा इन्टरनेट चलाउन पाउनेछन्। उनीहरूले बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्ने एनसेलले जनाएको छ।

‘सही’ डेटा प्याक चैत २९ गते बिहीबारदेखि लागू हुनेछ। यो डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधा जीबीदेखि १५ जीबीसम्म डेटा लिन सक्नेछन्। ग्राहकले १ दिन समयावधि रहेको आधा जीबीको सही डेटा प्याक कर सहित ३९ रुपैयाँमा सुचारु गर्न सक्नेछन्। तीनदिन समयावधि रहेको १.५ जीबी डेटा कर सहित रु ९९, सातदिन समयावधि रहेको ३.५ जीबी डेटा कर सहित १९९ र तीस दिन समयावधि रहेको १५ जीबी डेटा कर सहित ७९९ रुपैयाँमा सुचारु गर्न सक्नेछन्।

सही प्याक लिएका ग्राहकले दैनिक निःशुल्क भिडियो स्ट्रिमिङमा आइफ्लिक्स, युट्युब ,युट्युबगो तथा एनसेलका अन्य भिडियो प्लेटफर्म (नेट टीभी, भियुक्लिप, लाइफ स्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन्। ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन्।

‘सही’ डेटा प्याक एनसेलको टुजी, थ्रीजी तथा फोरजी सबै नेटवर्कमा मान्य रहेको एनसेलले जनाएको छ।

ग्राहकले *१७१२३# डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याक लिन सक्नेछन्। एसएमएस तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सकिनेछ। १ दिन समयावधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउनुपर्नेछ।

सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो’ दर अनुसार कर सहित प्रतिएमबी १.१३ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ। एनसेलका अनुसार यो योजना सुचारु भएको दिनदेखि ९० दिनको लागि मान्य रहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.