दुई लाख बालबालिका विद्यालयबाहिर

दुई लाख बालबालिका विद्यालयबाहिर

जनकपुरधाम : प्रदेश २ का ८ जिल्लामा झन्डै दुई लाख बालबालिका अझै विद्यालयबाहिर छन्। क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलले प्रस्तुत गरेको तथ्यांकले १ लाख ९१ हजार बालबालिका विद्यालयबाहिर रहेको देखाएको हो।

सर्लाहीमा सबैभन्दा बढी २५ हजार ५ सय १५ र त्यसपछि धनुषामा २४ हजार ८ सय ३६ बालबालिकाले विद्यालय टेक्न पाएका छैनन्। त्यसैगरी, सिरहामा १३ हजार ४ सय ११, सप्तरीमा १३ हजार ४ सय ३४, महोत्तरीमा ११ हजार ७ सय ५२, रौतहटमा २२ हजार ९ सय ३८, बारामा २० हजार ४ सय ९ र पर्सामा २१ हजार ५ सय १४ बालबालिका विद्यालयमा भर्ना भएका छैनन्।

सामाजिक विकास मन्त्रालयले जनकपुरमा आयोजना गरेको विद्यार्थी भर्ना अभियान र पाठ्यपुस्तक उपलब्धतासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा आठै जिल्लाका शिक्षा अधिकारीले विद्यार्थी भर्ना भए पनि टिकाउनै नसक्नु चुनौतीका रूका रहेको बताए। पाठ्यपुस्तक समयमै विद्यालयमा पुग्न नसक्नु, अभिभावकमा चेतना अभावलगायत समस्या रहेको उनीहरूले सुनाए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाठ्यपुस्तक व्यवस्थापन, विद्यार्थी भर्ना अभियान सञ्चालन र बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी अघि बढ्ने प्रयत्न भइरहेको बताए। उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक दरबन्दी मिलान, सामुदायिक विद्यालयको रूपान्तरण र शिक्षामा नयाँ ऐन व्यवस्थापन मुख्य काम रहेको बताए। यसका लागि आफूले तीव्र गतिमा काम गरिरहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.