विमानस्थलबाट २ किलो सुनसहित भारतीय पक्राउ
काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो अवैध सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट अवैधरुपमा ल्याइएको २ किलो सुनसहित २ भारतीय नागरिकलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जनाउँदै विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दले तस्करीमा संलग्न अन्यको पनि खोजी भइरहेको बताएका छन् ।