एडेल स्टाइल

एडेल स्टाइल

संगीतमा कहलिएको नाम हो एडेल। बेलायती आमा पेनी एड्किन्स र वेल्स बुवा मार्क इभान्सको एकमात्र सन्तान थिइन्, एडेल। एडेल अर्थात् एडेल लउरी ब्ल्यु अड्किन्स। एडेलको जन्म हुँदा उनकी आमा पेनी जम्मा १८ वर्षकी थिइन्।

बेलायतको मध्यमवर्गीय परिवारमा एडेलको जन्म भयो। उनी चार वर्ष लाग्दै गर्दा इभानले परिवार छोडे। घरपरिवारबाट उनी टाढा रहे। घर छोडे पनि इभान आफ्नी छोरीसँग भने सम्पर्कमै थिए। एडेल टिनएजर उमेरमा प्रवेश गरेसँगै बुवासँग उनको सम्बन्ध टुट्यो। उनी आमासँग रमाउन थालिन्।

सानो छँदा उनी पप म्युजिक सुन्थिन्। बेलाबेला गाउँथिन्। उमेर बढ्दै गयो, रहर फेरिन थाल्यो। उनी इला फिजगरल्यान्डर र इटा जेम्सका गीत सुन्न थालिन्।

म्युजिकप्रतिको आशक्ति सानैदेखि थियो, उनमा। म्युजिकमा करिअरचाहिँ ‘ब्रिट’ स्कुल पढ्न थालेदेखि सुरु भयो। ब्रिटबाट उनले २००६ मा ‘पर्फमिङ आर्ट एन्ड टेक्नोलोजी’मा ग्र्याजुएट गरिन्। ग्र्याजुएट गरेको झन्डै चार महिनापछि दुईवटा गीत रेकर्डिङ गरेकी थिइन्, ‘क्लास प्राजेक्ट’का लागि। उनको म्युजिकप्रतिको लगाव अब रेकर्डिङसम्म पुग्यो। म्युजिकमा उनको ट्यालेन्टले ट्र्याक समात्यो। ग्राजुएटिङ सकिएपछि उनी ‘एक्सएल रेकर्डिङ’सँग जोडिइन्। बेलायतका विभिन्न सहरमा उनले गीत गाउँदै हिँडिन्। रेडियो टेलिभिजनका कार्यक्रममा उनलाई बोलाउन थालियो। बीबीसी टेलिभिजन–२ मा त उनी पल म्याककार्टनी, बिजोर्कसँगै देखा परिन्।

चर्चा बढ्दै गर्दा एडेलले आफ्नो पहिलो एल्बम ‘नाइन्टिन’ निकालिन्, २००८ मा। यसै एल्बमको पहिलो गीत ‘होमटाउन ग्लोरी’ उनले १६ वर्षको उमेरमा लेखेकी थिइन्। अरूको भन्दा भिन्न र मीठो आवाज थियो उनको। श्रोताले उनको गीत मन पराउन थाले। २००८ को अन्त्यतिर उनी ‘सटर्डे नाइट लाइफ’मा देखा परिन्। त्यसपछि उनको चर्चा अमेरिकामा पनि हुन थाल्यो।

उनले ‘ट्वेन्टी वन’ नामको दोस्रो एल्बम निकालिन्, सन् २०११ मा। यसै एल्बमको गीत ‘समवन लाइक यु’, ‘रोलिङ इन द डिप’जस्ता गीतले विश्वभरि नै चर्चा पायो। यसै एल्बमबाट उनले थुप्रै अवार्डसमेत हात पारिन्। ‘ब्रिटिस एल्बम अफ दी इयर’, ‘अमेरिकन म्युजिक अवार्ड’ आदि–आदि। यो एल्बम ३१ मिलियनभन्दा धेरै प्रति बिक्री भएको थियो।

एडेलले आफ्नो दोस्रो एल्बम ‘ट्वेन्टी वन’ निकालेको केही महिनापछि भनेकी थिइन्, ‘म प्रिग्नेन्ट छु ।’ आफूभन्दा १३ वर्ष जेठा सिमोन कोनेकीसँग प्रेममा थिइन् ऐडेल ।

एडेलले ‘ट्वेन्टी फाइभ’ नामको तेस्रो एल्बम निकालिन्, २०१५ मा। यस एल्बमको पहिलो गीत ‘हेल्लो’ निकै चर्चित बनेको थियो। एल्बम रिलिज भएको एक हप्ताभित्रै अमेरिकामा झन्डै एक मिलियन डिजिटल कपी बिकेको बताइन्छ। आफूले २५ नोभेम्बरमा तेस्रो एल्बम निकाल्न थालेको भनेर एडेलले अक्टोबर २२, २०१५ मै बताएकी थिइन्। उनले इन्स्टाग्राममा ट्वेन्टी फाइभको कभर फोटो नै हालेर एल्बम निकाल्न थालेको जानकारी दिएकी थिइन्। उनको यो एल्बमका प्रायः गीत भावनात्मक छन्।

एडेल अहिलेसम्म १८ पटक ग्रामी अवार्डका लागि सूचीकृत भइसकेकी छन्। त्यसमध्ये १५ पटक उनी विजेता बनिसकेकी छन्— सन् २००९, २०१२ र २०१७ मा। त्यस्तै उनले ‘स्काई फल’बाट ओस्कार पुरस्कारसमेत हात पारिन्। सन् २००९ को ग्रामी अवार्डले उनलाई उत्कृष्ट नयाँ गायिकाका रूपमा परिचित गराइदियो। यसै बेला उनले ‘ब्रिट अवार्ड’समेत हात पारेकी थिइन्। सन् २०१२ को ग्रामी अवार्डमा त एडेल एक्लैले ६ वटा पुरस्कार जितेकी थिइन्। उनको एल्बमलाई वर्षकै उत्कृष्ट एल्बम घोषणासमेत गरिएको थियो। त्यस्तै २०१७ मा आफ्नो ट्वेन्टी फाइभ एल्बमबाट पनि थुप्रै ग्रामी अवार्ड जित्न सफल बनिन् उनी। एडेलमात्र एउटी त्यस्ती गायिका हुन् जसले ग्रामीको इतिहासमै पहिलोपटक उत्कृष्ट तीन पुरस्कार २०१२ र २०१७ मा लगातार जित्न सफल भएकी थिइन्।

ऐडेलका जम्मा तीन एल्बम छन्। ‘रोलिङ इन द डिप’, ‘समवन लाइक यु’, ‘हेल्लो’, ‘सेट फायर टु द रेन’, ‘युर्मर ह्याज इट’, ‘स्काइफल’, ‘ह्वेन वी वयर योङ’ जस्ता गीत निकै चर्चित छन्।

ऐडेलले दास्रो एल्बम ‘ट्वेन्टी वन’ निकालेको केही महिनापछि जुन २९, २०१२ का दिन आफ्नो वेबसाइटमा एउटा सूचना लेखिन्। उनले भनेकी थिइन्, ‘म प्रिग्नेन्ट छु।’ आफूभन्दा झन्डै १३ वर्ष सिनियर सिमोन कोनेकीसँग प्रेमसम्बन्धमा थिइन् उनी। सिमोन ‘लाइफ वाटर’ र ‘ड्रप फोर ड्रप’को संस्थापकसमेत हुन्। वेबसाइटमा लेखको केही समयपछि उनले पिपुल म्यग्जिनसँग अन्तर्वार्ता दिइन्। उनले अन्तर्वार्तामा भनेकी थिइ— म साँच्चै नै आमा बन्न चाहन्छु। अक्टोबर १९, २०१२ का दिन उनले छोरालाई जन्म दिइन्, एन्जेलो।

एन्जेलोको जन्म भएसँगै एडेल केही समय म्युजिक क्षेत्रबाट टाढा रहिन्। तर, म्युजिकबाट टाढा भएर परिवारसँगको सम्बन्ध प्रगाढ बनाएको उनको विश्लेषण छ।

आमा भइसकेपछि उनी आमा हुनुको महसुसका बारेमा गीत लेख्न चाहन्थिन्। उनले प्रयास पनि गरिन्। तर, उनी सिमोनसँगको सम्बन्धबारे लेख्न चाहन्नथिइन्। अथवा, उनीसँगको प्रेमसम्बन्धलाई लिएर कुनै गीत लेख्ने उनको सोचाइ थियो। ‘हामी हुर्कियौं, बढ्यौं र टिनएजर भयौं। एउटा परिपक्व सम्बन्ध विस्तार भयो हामीमा’, न्युयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै भनेको छ, ‘म उनीसँगको सम्बन्धमाथि लेख्न चाहन्नँ किनकि त्यसरी लेख्दा दुवैलाई ‘कन्फरटेबल’ अनुभव हुँदैन।’

सन् २०१७ मा फोब्र्सले निकालेको तथ्यांकले भनेको छ— एडेलसँग ६९ मिलियन डलर बराबरको सम्पत्ति छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.