गाउँको विकास हाँक्दै महिला

गाउँको विकास हाँक्दै महिला

बैतडी : गाउँका पुरुष रोजगारीका लागि भारतका विभिन्न सहर गएपछि जिल्लाका सिगास गाउँपालिकाका विभिन्न स्थानका महिला विकास निर्माणमा आफैं जुटेका छन्। गाउँपालिकाको वडा नं ७ मा ८ किलोमिटर बाटो निर्माण गर्ने कार्यमा महिलाहरू लागेका हुन्। ‘गाउँका सबैजसो पुरुष रोजगारीका लागि भारततिर गएका छन्, गाउँमा आएको विकासलाई पनि छोड्ने कुरा भएन, मजदुरी गरेबापत पैसा पनि पाइन्छ, विकासमा हाम्रो सहभागिता पनि हुन्छ।’ 

स्थानीय गीता साउँदले भनिन्, ‘हामी महिला पनि पुरुषजति नै काम गर्न सक्छौं भन्ने कुरा देखिएको छ। बाटो निर्माणमा हामी खटिएका छौं।’ गाउँपालिकाको वडा नं ७ को चामादेखि बोरीसम्म ८ किलोमिटर बाटो निर्माणका लागि गाउँपालिकाले १० लाख रकम विनियोजन गरेपछि महिलाहरू काम गर्न थालेका हुन्। ‘हामै्र गाउँको सुधारका लागि विकासको काम आएको छ, दैनिक चार सय रुपैंया मजदुरी पाउँछौं। परिवारलाई पनि खर्च भइहाल्यो।

विकास निर्माण पनि भइहाल्यो।’ स्थानीय भागरथी साउँदले भनिन्, ‘पुरुषको मात्रै मुख हेर्ने हो भने भने त हाम्रो गाउँ कहिले बन्ला ? पुरुष घर फर्किने टुंगो छैन। त्यसैले हामीले गाउँ विकासमा आफैं अग्रसर भएका हौं।’ गाउँका सबैजसो पुरुष रोजगारीका लागि भारत गएकाले महिलाले नै बाटो निर्माणमा मजदुरी गरिरहेका बाटो निर्माण समितिका अध्यक्ष गणेश विकले बताए। उनले भने, ‘८ किलोमिटर बाटो निर्माण कार्यमा अधिकांश महिला नै छन्। उनीहरूले नै काम सम्पन्न गर्छन्। यसबाट महिलाहरू सबै काम गर्न सक्छन् भन्ने पुष्टि पनि भएको छ।’

सबैजसो पुरुष रोजगारीका लागि भारत गएकाले महिला नै विकासमा अग्रसर भएर लागेका छन्।

गाउँपालिकाका अन्य वडामा भइरहेका विकास निर्माणका काममा पनि महिलाको उल्लेख्य सहभागिता रहेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले बताइन्। ‘हाम्रो गाउँपालिकाका धेरैजसो वडाका पुरुष गहुँ छरेर रोजगारीका लागि भारत जाने गरेका छन्, गाउँमा सञ्चालन भइरहेका विकास निर्माणका काममा महिलाको सहभागिता बढी छ।’ उनले भनिन्, ‘काममा सहभागी महिलाले ज्याला पनि पाउँछन्। उनीहरूको आर्थिक अवस्था पनि बलियो हुन्छ। जसका कारण गाउँमा आर्थिक समस्याका कारण हुने हिंसामा पनि कमी आउने हामीले विश्वास गरेका छौं।’

गाउँमा हुने विकास निर्माणका काममा सहभागी हुन पाएकोमा महिलाहरू खुसी भएका छन्। ‘गाउँको विकास गर्न अब ढिलो गर्नु हुँदैन। हामी महिला पनि विकास निर्माणको काम गर्न सक्छौं। गाउँमै पैसा कमाउन पाएको छौं। विकास पनि हुन थालेको छ।’ स्थानीय एक महिलाले भनिन्, ‘गाउँमा पुरुष नभए पनि विकास निर्माणका काममा हामी महिला सहभागी भएका छौं। एक सय जति गाउँका महिला सँगै काम गर्दा सजिलो पनि भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.