काठमाडौंलाई पानी उपहार पठाउँदामा गौरब गर्छन् मेलम्चीवासी

काठमाडौंलाई पानी उपहार पठाउँदामा गौरब गर्छन् मेलम्चीवासी

सिवी अधिकारी 

मेलम्ची : “काठमाडौंका जनतालाई पानी खुवाउनु हाम्रो सौभाग्य हो र यो गौरबको विषय पनि हो” करेसाको मेलम्ची खोलामा बगेको कलकल पानीतर्फ नजर तेस्याउँदै गहकिलो भावमा स्थानीय चन्द्रबहादुर थापाले भन्छन्  । 

मेलम्चीको पानी पिउने उत्कृष्ट अभिलासामा रहेका काठमाडौँ उपत्यकावासी जति लालाहित छन्, उत्तिकै गर्व गर्छन् पानी पठाउन पाएकोमा मेलम्चीवासी । 

पुर्खादेखिको सांस्कृतिक रहनसहन र जीवनयापनसँग जोडिएको प्रकृतिको अनुपम उपहार मेलम्ची खोलाको कञ्चन पानी राजधानीका जनतालाई पठाउन पाएकोमा उनीहरु निकै गर्व गर्छन्, सँगै जीवनमा महत्वपूर्ण वस्तुको अभाव पनि महसुस भइरहेको ठान्छन् । 

“मेलम्ची खानेपानी आयोजनाको सुरुङ छिचोलिनु ‘ब्रेक थ्रु’ हुनु एउटा गौरबको विषय हो यसमा काठमाडौँका जनता खुशीको क्षणमा छन् सिन्धुपाल्चोक र मेलम्चीका हामीसबै नागरिक पनि खुशी भएका छौँ, वास्तवमा काठमाडौँवासीलाई पानी खुवाउने शौभाग्य निकै गौरवको विषय बनिरहेको छ,”उनी भन्छन् । 

सुरुङको पहिलो चरणको काम सकिए पनि बाँकी महत्वपूर्ण कामलाई सफलतापूर्वक सम्पन्न गर्न निकै लामो समय लाग्ने हुँदा सबैले सजकताका साथ जतिसक्दो चाँडो काठमाडौँ पानी पठाउनुपर्ने थापाले बताए । 

काठमाडौँमा पानी गइसकेपछि यहाँ पर्ने वातावरीण प्रभाव, सिँचाइमा असर, स्थानीय घट्टदेखि माछापालन व्यवसायलगायत विषयको वातावरणीय र पर्यावरणीय असरको न्यूनीकरणका लागि सरकारले राजश्वको रुपमा केही सुविधा दिनुपर्ने स्थानीयको धारणा छ । 

इन्द्रावती गाउँपालिका–७ का इच्छाराम सापकोटा लामो समयदेखिको सरकारी आयोजना पूरा भएकोमा खुशी छन् , तर काठमाडौँ पानी पठाएपछि खेतीपाती गर्न समस्या हुने होकी भन्ने चिन्ताले सताएको छ । स्थानीय हरि तिमल्सिना पनि काठमाडौँका जनताले पानी पिउन पाउनु निकै ठूलो धर्म ठान्छन्  । पानी काठमाडौँ लागिदा प्रभावित क्षेत्रको उचित व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ । 

“खोला आसपासका खेती बाँजो हुनेभयो, खोलासँग जोडिएका पेशा व्यवसाय पलायनको अवस्था आउने हुनसक्छ, त्यसैले खोलाको यथोचित व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्छ,” उनले भने  । 

सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मेलम्ची आयोजनालाई बेहुली अन्माउने तयारीमा रहेको संज्ञा दिँदै बेहुलालाई बेउलीप्रति हेर्ने दृष्टिकोण कस्तो रहन्छ त्यसको प्रतीक्षामा रहेको टिप्पणी  गरे । 

खानेपानीमन्त्री विना मगरले मेलम्ची आयोजनाको सुरुङ खन्ने महत्वपूर्ण चरण सकिएको र दशैँअघि राजधानीवासीले पानी उपयोग गर्न पाउने बताए  । उनले आयोजनाको बाँकी कामलाई समन्वयका साथ थप प्रभावकारी बनाइने उल्लेख  गरे  । 

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७ दशमलव ४ किमी सुरुङखण्डको मध्यभागको गत चैत २९ गते ब्रेक थु्र भएसँगै झण्डै दुई दशकपछि मेलम्चीको पानी पिउने काकाकुल काठमाडौँको सपना अब चाँडै साकार हँुदैछ । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु’ भएको घोषणा  गरेका थिए ।  

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार २७ दशमलव ५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३ दशमलव ५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ । 

उनले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरूप काम अगाडि बढेमा अबको चार महिनाभित्र (आउँदो भदौसम्म) मा सुन्दरीजलमा पानी खसाल्ने बताए । 

आयोजनाको मुख्य लगानीकर्ता एशियाली विकास बैंक (एडिबी) का दक्षिण एशिया महानिर्देशक हुन किमले नेपालको सबैभन्दा लामो सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सुरुङ खन्ने काम पूरा हुनु आयोजनाको इतिहासमा ज्यादै महत्वको कोशेढुंगा भएको बताए  । 

उनले आयोजनाबाट चाँडै नै काठमाडौँ उपत्यकाका बासिन्दाले ब्याहोरिरहेको खानेपानी समस्या कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै आयोजना सफल कार्यान्वयनका लागि नेपाल सरकारले देखाएको दृढ प्रतिबद्धताको सराहना गरे । 

हेल्मो गाउँपालिका समितिका अध्यक्ष उपेन्द्र तामाङले सुरुङ सम्पन्न भए पनि मेलम्ची आयोजनाले स्थानीय प्रभावित जनतासँग समन्वय नगरेको भन्दै पानी काठमाडौँ लैजान कठिनाइ हुने बताए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.