‘नेपाल आइडल’को वीरगन्ज अडिसनमा उत्साह

‘नेपाल आइडल’को वीरगन्ज अडिसनमा उत्साह

वीरगन्ज :  ‘नेपाल आइडल’ को दोश्रो सिजनका लागि शनिबार वीरगन्जमा अडिसन सम्पन्न भएको छ ।  वीरगन्जको जिएचपी माध्यमिक विद्यालय परिसरमा भएको अडिसनमा पर्सा, बारा, रौतहट, मकवानपुर, सर्लाही, बाग्लुङ, कास्की जिल्लाबाट युवा युवतीले सहभागिता जनाए ।

 जिएची मावि परिसरमा शनिबार बिहान नौ बजेदेखि शुरु भएको अडिसन अपरान्ह चार बजेसम्म चलेको थियो । वीरगन्ज अडिसनमा उत्साजनक सहभागीता भएको नेपाल आइडलका निर्देशक एवम् प्रोजेक्ट म्यानेजर सुरेश पौडेलले बताए ।

उनले वीरगन्ज अडिशनबाट नेपाल आइडलका लागि आशलाग्दा प्रतिभा अघिल्लो चरणका लागि छनोट भएको बताए । वीरगन्ज अडिनशनबाट छनोट भएका प्रतिभागीलाई हेटांैडामा वैशाख ३ गते हुने अडिशनमा सहभागी गराएर अर्को चरणका लागि छनोट गरिने छ।

नेपाल आइडलको दोस्रो सिजनमा देशभरका अडिसनबाट ८० देखि एक सय जना सहभागी हुनेछन् । अन्तिममा काठमाडौंमा हुने अडिशनबाट २० जना छान्ने योजना रहेको निर्देशक पौडेलले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.