प्रदेशमा डीआईजी नै प्रमुख

प्रदेशमा डीआईजी नै प्रमुख

काठमाडौं : प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पताल बाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् । डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् । गृह मन्त्रालयले प्रदेश गृह मन्त्रालयमा सहसचिव पठाउने निर्णयसँगै अतिरिक्तमा परेका एआईजीले अवकाश पाइसकेका छन् । 

गृहले डीआईजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ । गृह प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले एक साताभित्रै मस्यौदा कानुन मन्त्रालयमा पठाउने तयारी गरेको बताए । कानुन मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएपछि पारित गर्न संसदमा पठाउने छ । ‘सरकारले कि प्रदेश खटाइएका सहसचिवलाई विशिष्ट श्रेणी बनाउनुपर्‍यो, होइन भने पदीय मर्यादाले एआईजी पठाउन सकिँदैन’, सुवेदीले भने ।

ऐनमै स्पष्ट दरबन्दी तोक्न गृहमा छलफल भइरहेको छ । गृहले महानगरीय प्रहरी कार्यालय (मेट्रो), राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र आईजीमातहत सचिवालयअन्तर्गत गरी ३ जना एआईजी मात्रै बनाउने वा केही विभागमा एआईजी राख्ने छलफल गरेको छ । ‘माथिल्लो दरबन्दी कटौती गरेर तल्लो दरबन्दी बढाउनुपर्ने धारणा गृहको छ ।

 जनतासँग प्रत्यक्ष काम गर्ने जनशक्ति (जवान, हवल्दार र असई) बढाउने र माथिका दरबन्दी घटाउने व्यवस्था ऐनमा समावेश गर्छौं’, प्रवक्ता सुवेदीले भने, ‘अब प्रहरी संरचना पिरामिड शैलीमा जान्छ ।’ अहिले प्रहरीमा कुल ७२ हजार ७ सय ३३ दरबन्दी छन् ।

सशस्त्रमा तीन महिनामा पनि भएन

सशस्त्र प्रहरी बलमा पनि दरबन्दी मिलानसम्बन्धमा छलफल सुरु भएको छ । यसअघि प्रहरीले प्रदेशमा एआईजी पठाएपछि सशस्त्रले तत्कालीन गृह नेतृत्वलाई मनाएर संख्या बढाए पनि पदस्थापन भएको छैन । एआईजीहरू जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश       श्रेष्ठलाई गत माघमा बढुवा गरिए पनि उनीहरू जिम्मेवारीविहीन छन् । प्रहरीतर्फ डीआईजी प्रदेशमा पठाएपछि सशस्त्रबाट पनि डीआईजी नै पठाउने जानकारी गृह प्रवक्ता सुवेदीले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.