गाउँपालिकाको कार्यालयमा कुकर बम बिस्फोट

गाउँपालिकाको कार्यालयमा कुकर बम बिस्फोट

लोकनाथ रिजाल

दमक: इलामको दक्षिणी क्षेत्रस्थित चुलाचुली गाउँपालिकाको भवनमा कुकर बम बिस्फोट भएको छ । बिस्फोटबाट भवनमा क्षति पुगेको छ । शनिबार राति ७ बजेर ५५ मिनेटमा बिस्फोट भएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहालले जानकारी दिइन् । 

विष्फोटबाट गाउँपालिकाको नयाँ थपेको भवनको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको दाहालले बताइन् । विष्फोटबाट दुईतले भवनको छत भ्वाङ परेको छ भने छानोसमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए । 

बमले सभाहलको ६ वटा झ्यालका सिसा, जिप्सन, डोम लाइट वायरिङमा क्षति पुगेको छ । घटनास्थलमा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । 

घटनापछि इलामबाट प्रहरी नायव उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा प्रहरी टोलीले बिस्फोटस्थलको निरिक्षण गरेको प्रहरी उपरीक्षक विपिनकुमार कर्मचार्यले जानकारी दिए । 

बिस्फोटको जिम्मेवारी कसैले नलिएकोले घटनाबारे अनुसन्धान भइरहेको कर्मचार्यले बताए । शनिबार राति कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको त्यहाँका स्थानीयबासीले बताएका छन् । करिब तीन महिनाअघि बिप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरुले भ्रष्टाचार गरेको भन्दै गाउँपालिकामा नै पुगेर सुझाव दिएका थिए । 

त्यो बेला वडा नम्बर १ स्थित सामुदायिक वनमा भ्रष्टाचार बढेकोले यसलाई नियन्त्रण गर्न सुझाव दिएर उनीहरु गएका गाउँपालिकाकी उपाध्क्ष दाहालले बताइन् । उनीहरुले त्यतिबेला कुनै धम्की र चेतावनी भने नदिएको दाहालको भनाई छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.