पतारी पोखरीः जहाँ विवाहित महिला सन्तानको आशमा डुबुल्की मार्छन्

पतारी पोखरीः जहाँ  विवाहित महिला सन्तानको आशमा डुबुल्की मार्छन्

सन्तोष यादब

लहान: चिकित्सा विज्ञानले निःसन्तान दम्पत्तिलाई सन्तान प्राप्तिका लागि अनेकौं विधि आविस्कार गरिसकेको छ । तर पोखरीमा स्नान र पूजापाठ गरेपछि गर्भवती हुने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित एउटा पोखरीमा बर्सेनि यस्तै हुने गरेको छ ।

चिकित्सा विज्ञानलाई चुनौती दिने गरी मानिसहरु सांस्कृतिक र धार्मिक आस्था कतिसम्म छ भन्ने उदाहरण बनेको छ पतारी पोखरी । यहाँ हरेक नयाँ वर्षको दोस्रो दिन महिलाले विशेष पूजापाठ हुन्छ । 

जहाँ स्नान गर्न निःसन्तान बिबाहित महिलाको ठूलो संख्यामा भीड लाग्ने गर्छ । अन्य वर्षझैँ आइतवार सन्तान पाउने आकांक्षा बोकेका सयौँ महिलाले यहाँ डुबुल्की मारेर पूजापाठ गरेका छन् । दृश्य हेर्न हजारौँ सर्वसधारण ओइरिए ।

पोखरीको दक्षिणी डिलस्थित राजा हरसिंह देवको मन्दिर अगाडी आइतवार विहान सयौं महिला बसिरहेका थिए । त्यही भीडको अगाडी बसेकी थिइन्– भारतको विहारस्थित खुटौनाकी ३५ वर्षीया रम्भादेवी यादव । उनले बिहेको ८ वर्ष हुँदा पनि बच्चा नभएपछि यहाँ कोकिया गुहाइर (पूजापाठ) गर्न आएको बताइन् । 

नजिकै बसेकी उनकी सासू एकरतिया देवी यादबले आफू पनि यहाँ आएरै पूजापाठ गरेपछि दुई छोरा जन्मेका बताउँदै विहे गरेको लामो समयसम्म बच्चा नभएपछि बुहारीलाई पूजापाठ गराउन उल्ेख गरिन् । 

रम्भादेवी त उदाहरण मात्रै हुन् । उनी जस्ता करिब ३ सय बढी महिलाले बच्चा प्राप्तिका लागि आइतवार पूजापाठ गरेका छन् । स्थानीय वीरेन्द्र यादब भन्छन्, ‘यहाँ आएर कोकिया गुहाइर गरेपछि बच्चा पाएका महिलाले वर्षेनी बोका चढाउँछन् । यो वर्ष पनि करिब २ सय बोका चढेछ ।’

पूजा गर्दा बच्चा हुन्छ भन्नु अन्धविश्वास हो नि भन्ने जिज्ञासामा उनले भने, ‘अन्धविश्वास होइन । यहाँ पूजापाठ गरेपछि बच्चा नभएको भए यहाँ को आउथ्यो र ? यति धेरै निःसन्तान महिला आएका छन् ।’ पूजापाठपछि पोखरीमा डुबुल्की लगाउने क्रममा सजिव बस्तु फेला परे मात्र बच्चा हुने गरेको उनको भनाई छ ।

भारतको बिहारस्थित पटना, मधुवनी, दरभंगा, जयनगरसहित नेपालका विशेषगरी तराई–मधेस र भित्री मधेसका जिल्लाहरुबाट समेत निःसन्तान दम्पत्तीहरु सन्तान प्राप्तिको आकांक्षासहित यहाँ आउने गरेको मेला समितिका सदस्य सुरेन्द्र रामले बताए । 

उनका अनुसार पोखरीको दक्षिणी किनारमा रहेको राजा हरिसिंहदेवको गहवर (मन्दिर) छ । निराहार ब्रत बसेर गहवरभित्र हुने कोकिया गुहाइर (विशेष पूजापाठ) बाट अक्षता लिएर सीधै पोखरीमा हाम फाल्छन् । पोखरीमा पहिलो डुबुल्कीमै पानी भित्र कुनै पनि जीव भेटिए सन्तान हुने विश्वास छ ।

पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर दौडिंदै गाउँको सीमा पार गर्नुपर्ने मान्यता अनुरुप पोखरीबाट निस्केका भक्तजनहरुको पछिपछि आउने आफन्तले गाउँको सीमा पार गरेपछि कपडा फेरिदिने गर्दछन् । आफ्नो घर पुगेपछि पानीबाट ल्याएको जीवको बुटी बनाएर ब्रत बसेका महिलाले पाखुरा वा घाँटीमा बाँधी राखे सन्तान प्राप्त हुने जनविश्वास छ ।

पतारी पोखरीमा सन्तान प्राप्तिको आकांक्षासहित पुग्ने निःसन्तान महिलाहरुको भीडले मानिसहरुमा अझै अदृश्य शक्तिमा अगाध आस्था छ भन्ने कुरा स्वीकार्न बाध्य बनाएको छ । पतारी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंहदेवको निवासस्थल रहेको लोकनायक सलहेश गाथामा उल्लेख छ । यो पोखरी राजा सलहेशकै बेला वि.सं. १३२५ देखि अस्तित्वमा रहेको मानिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.