‘सय दिनभित्र ६ वटा चिनियाँ जहाज नेपाली आकाशमा’

‘सय दिनभित्र ६ वटा चिनियाँ जहाज नेपाली आकाशमा’

काठमाडौं : सस्कृति नागरिक तथा पर्यटन उड्यन मन्त्री रवीन्द्र अधिकारीले चिनियाँ वाई १२ जहाज ग्रहण गर्दै जहाजले नियमित उडान भरेपछि मात्र चीन र नेपालको सम्बन्ध सुधार हुने बताएका छन् । 

मंगलबार चिनियाँ एपीक कम्पनीले दुई वटा वाई १२ जहाज नेपाल सरकारलाई हस्तान्तरण गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । यसअघि चीनले चार जहाज बुझाइसकेको थियो । योसँगै दुई सरकारबीच २०६९ मा भएको सम्झौता अनुरुप ६ जहाज ल्याउने प्रक्रिया पूरा भएको छ ।

चीनले एउटा एमए ६० र वाई १२ अनुदानमा उपलब्ध गराएको हो भने सरकारले एक एमए र तीन वाई १२ जहाज खरिद गरेको हो । एमए ६० जहाजले नियमित उडान भरे पनि वाई १२ जहाज पाइलट अभावका कारण विमानस्थलमै थन्किएका छन् । 

‘यी जहाज एक प्रदेशबाट अर्को प्रदेशमा उड्न सक्छन्’, मन्त्री अधिकारीले भने, ‘पाइलट अभावको समस्या न्युनिकरण गर्दै अबको सय दिनभित्र जहाज पार्किङमा होइन आकाशमा देख्न पाउँनुपर्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.