विद्यार्थी नपाँउदा संकटमा स्रोत विद्यालय

विद्यार्थी नपाँउदा संकटमा स्रोत विद्यालय

कालिकोट : कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडास्थित नन्दादेवी माध्यमिक विद्यालयमा रहेको बहिरा स्रोत विद्यालय विद्यार्थी नपाउँदा संकटमा परेको छ । एक जना तालिमप्राप्त शिक्षकको दरबन्दीसहित १० जना बालबालिका पढ्न पाउने कोटा भए पनि विद्यालयमा बहिरा बालबालिका भर्ना हुन नआउँदा विद्यालय संकटमा परेको हो ।

२०५३ सालबाट सञ्चालनमा आएको कोटवाडाको बहिरा स्रोत विद्यालयमा हालसम्म ३० जना बालबालिकाले पढेर तीन चरण प्रेप १, २ र ३ पास गरिसकेका छन् । तिनीहरूलाई माथिल्लो कक्षा पढ्न सुर्खेत पठाइएको छ । २०५३ सालदेखि अहिलेसम्म पढाइ आएको बहिरा स्रोत कक्षामा आवश्यक कोटाअनुसार विद्यार्थी नहुँदा अहिले बन्द हुने अवस्थामा पुगेको विद्यालयका शिक्षक छत्रबहादुर विष्टले बताए । ‘विद्यालयमा राज्यको लगानी छ । तर विद्यार्थी नपाएपछि विद्यालय चलाउन गाह्रो भएको छ’, उनले भने ।

धौलागोह गाविस–१ का सुरजिन रोकायका दुई छोरा १० वर्षीय कृष्णबहादुर रोकाय र ८ बर्षीय निराजन रोकायले अहिले यहाँ अध्ययन गरिरहेका छन् । खानेबस्ने सेवासुविधा हुँदाहुँदै पनि जिल्लामा बहिरा विद्यार्थी नपाइएपछि विद्यालय सञ्चालनमा चुनौती थपिएको छ ।

सेभ द चिल्डे«नको आर्थिक सहयोगमा किर्डाक नेपाल कालिकोटले कोडबाडाको बहिरा स्रोत विद्यालयलाई लत्ताकपडा, शैक्षिक सामग्री, फर्निचरलगायत सहयोग गरी थप व्यवस्थित बनाइएको छ । तर पनि पहिलेका विद्यार्थी अपग्रेड भएर बाहिर गएपछि अहिले विद्यार्थी नपाँउदा विद्यालय बन्द हुने अवस्थामा पुगेको हो । कालिकोटका चार विद्यालयमा बहिरा स्रोत कक्षा सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले जानकारी दिए ।

कोटाअनुसारका विद्यार्थी नपाउँदा विद्यालय सञ्चालनमा चुनौती थपिएको हो ।

सरकारले वार्षिक रूपमा विद्यालयमा प्रति एकजना विद्यार्थी खानबस्न, पढ्ने सबै खर्च गरी वार्षिक ५० हजार रुपैयाँका दरले बजेट खर्च गर्दै आएको उनले बताए । जिल्लाका साविकका गेला, स्युना, पाँखा र कोटवाडा गाविसमा गरी चार विद्यालयमा बहिरा स्रोत कक्षा सञ्चालन हुँदै आएका छन् । त्यसमा पाखामा १०, स्युनामा १०, गेलामा सात र कोटबाडामा दुईजना मात्र विद्यार्थी रहेको उनले जानकारी दिए । यस वर्षबाट ती दुई विद्यार्थीलाई अन्य विद्यालयमा सारेर कोटबाडामा बहिरा स्रोत विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

०००

बहिरा स्रोत विद्यालयमा बालबालिकालाई पढाउँदै शिक्षक । बिस्नप्रसाद न्यौपाने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.