सेन्ट्रल जोन एसियन भलिबलः नेपाल सहज समुहमा

सेन्ट्रल जोन एसियन भलिबलः नेपाल सहज समुहमा

ढाका: शनिबारबाट बंगलादेशको राजधानी ढाकामा सुरु हुने एसियाली भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिवल प्रतियोगितामा नेपाल तुलनात्मक रुपमा सहज समुहमा परेको छ । शुक्रबार गरिएको ‘टाईसिट ड्र’मा नेपाल आयोजक बंगलादेश र माल्दिभ्स रहेको समुह एमा परेको हो । 

समुह बीमा साविक बिजेता कीर्जिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान परेका छन् । गत वर्ष माल्दिभ्समा भएको प्रतियोगितामा किर्गिस्तानले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो । नेपालले तुर्कमेनिस्तान र उज्बेकिस्तानसँग भने अहिलेसम्म खेलेको छैन । यद्यपि यी तीनै टोलीसँग ‘हाईट एटभान्टेज’ र खेल पनि राम्रो रहेकाले नेपाललाई समुह ए सहज मानिएको हो । 

नेपाल समुह एमा पर्दा पदकको सम्भावना समेत बढेको छ । नेपालले समुह एमा एक खेल जितेको अवस्थामा सेमिफाइनल प्रवेशको सम्भावना रहन्छ । सेमिफाइनल पुगेपछिको एक जितले नेपालको फाइनल यात्रा मात्रै पक्का हुने छैन, कम्तिमा रजत पदक पनि पक्का हुने छ । अन्तिम चारको पहिलो खेलमा पराजित भएको अवस्थामा समेत तेस्रो स्थानका लागि हुने अर्काे खेलमा जित हात पारे, नेपालले काश्य पदक जित्ने छ ।

समुह चरणमा नेपालका प्रतिद्धन्दि बंगलादेश र माल्दिभ्सलाई पछिल्लो भेटमा पराजित गरेकाले पनि नेपालको सेमिफाइनल सम्भावना बलियो मानिएको छ । नेपालले माल्दिभ्सलाई गत बर्ष उसैले आयोजना गरेको सेन्ट्रल जोन भलिवल प्रतियोगितामा पराजित गरेको थियो । 

यो प्रतियोगिताबाट नेपालले काश्य पदक जितेको थियो जुन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली पुरुष भलिवलले जितेको पहिलो र एक मात्र पदक बनेको छ । यस्तै बंगलादेशलाई नेपालमै भएको दुई मध्ये  दुबै मैत्रीपुर्ण खेलमा पराजित गरेको थियो । 

आयोजकविरुद्ध नेपालको पहिलो खेल

प्रतियोगिताअन्तर्गत शनिबार हुने उद्घाटन खेलमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । राजधानी ढाका स्थित बङ्गबन्धु स्टेडीयममा प्रतियोगिताको उद्घाटन समारोहसँगै दीनको चार बजेबाट सुरु हुने खेलमा नेपाली आयोजक टोलीविरुद्ध उत्रने छ । 

नेपाली टोलीले आयोजक बंगलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने योजना बनाएको छ । बंगलादेशविरुद्धको जितले सेमिफाइनल चरणको यात्रा बलियो हुने र पराजयले प्रतियोगिताबाटै बाहिरनु पर्ने अवस्थालाई बुझेको नेपाली टोलीले जितकै रणनिती बनाएको हो । 

नेपाली टोलीका कप्तान इम राना मगर बंगलादेशविरुद्धको खेल नेपालका लागि निक्कै महत्वपुर्ण रहेको बताउछन् । ‘बंगलादेशविरुद्धको खेल हाम्रा लागि निक्कै महत्वपुर्ण छ । पहिलो खेलमा बंगलादेशलाई पराजित गर्न सकेको अवस्थामा सेमिफाइनल यात्रा सहज हुने छ’, कप्तान राना मगर भन्छन्, ‘हामी जितसहित प्रतियोगिताको सुखद् सुरुवात गर्न चाहन्छौं ।’ उनी बंगलादेशविरुद्ध सर्भिस र रिसिभमा योजनाअनुसार राम्रो भए जित पक्का रहेको बताउँछन् ।

नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टको प्रतिकृया पनि उस्तै छ । पछिल्लो खेलको नतिजा र खेलको स्तरलाई हेर्ने हो भने नेपाल जितको दाबेदार भएको उनी बताउछन् । 

‘बंगलादेशविरुद्ध हालै भएको दुई मैत्रीपुर्ण खेलमा हामी बिजयी भएका छौं । त्यस अघि सेन्ट्रल जोनअन्तर्गत बंगलादेशमै भएको खेलमा पनि हामीले जित हात पारेका छौं’, प्रशिक्षक भट्ट भन्छन्, ‘हङ्कङ र मकाउविरुद्ध हालै भएको तीन वटा मैत्रीपुर्ण खेलमा समेत निरन्तर बिजयी रहेकाले नेपाली टोलीको मनोबल पनि उच्च रहेको छ । त्यसैले प्रतियोगिताको सुखद् सुरुवात गर्नेमा म ढुक्क छु ।’

प्रशिक्षक भट्टले नेपाली टोलीको कमजोर देखिएको क्विक स्पाइक र ब्लकमा समेत बिशेष योजना बनाएको सुनाए । ‘हामीले सर्भिस सशक्त गरेर उनीहरुको रिसिभलाई कमजोर बनाउन सक्नुपर्छ । त्यसपछि हाम्रो रिसिभमा केही मेहनत गर्न सक्यौ भने क्विक स्पाइक र ब्लकको कमजोरी पनि कभर हुने छ’, प्रशिक्षक भट्ट भन्छन्, ‘बंगलादेशसँग घरेलु मैदानको फाइदा छ । तर, उसलाई जित्नै पर्ने दबाब पनि छ । हामी उनिहरुलाई परेको दबाबको फाइदा लिन चाहन्छौं ।’

मध्य एसियाका दोस्रो स्तरका टोलीहरुका लागि प्रत्येक वर्ष आयोजना हुदै आएको सेन्ट्रल जोन प्रतियोगिता नेपालका लागि निक्कै महत्वपुर्ण प्रतियोगिता हो । सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करण आयोजना भईरहदा नेपालले पनि चौथो पटक सहभागीता जनाएको हो ।

नेपाली टोली

ओपन स्पाईकर: मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, कुलबहादुर थापा, 
क्विक स्पाईकर: हरि अधिकारी, दीपकराज जोशी, सुरेन्द्र बम,
अलराउन्डर: नरेन्द्र गिरी, राजु थकाली
लिब्रो: इश्वर थापा, बिनोद चन्द
सेटर: इम राना, दीनेश गिरी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.