कांग्रेस बैठक बस्दै

कांग्रेस बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने दलको कार्यालयले जनाएको छ। यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अधिकांश केन्द्रीय सदस्य राजधानीबाहिर भएकाले बैठक नबसी स्थगन गरिएको थियो। 

गत चैत ९ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो। यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरिसकेका छन्।

बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्षविपक्षमा तर्क राखेका थिए। केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति र स्थान तोक्नाका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.