'सहकारीबाटै समाजवाद'

'सहकारीबाटै समाजवाद'

काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीबाटै समाजवाद स्थापना गर्न सकिने बताएका छन्।केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको आयोजनाम तथा नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को सहआयोजनामा भएको सहकारी ‘सहकारी सञ्चारकर्मीहरुको अनुशिक्षण तालिम’ का उद्घाटनका अवसरमा बोल्दै सचिव मैनालीले संविधानले आत्मासात गरेको समाजवाद सहकारीका माध्यमबाटै संभव भएकाले सहकारीले उत्पादनमा विशेष जोड दिनुपर्ने बताए। 

स्वनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि सहकारीको योगदान उल्लेख्य हुनुपर्ने उनको भनाई थियो। संघीय, प्रदेश र स्थानीय तहले सहकारीको अवधारणामा एपरुपता ल्याउनु आवश्यक भएको उनले बताए। ‘मन्त्रालयले बनाएको नमूना ऐन तथा स्थानीय तहसम्बन्धी दिग्दर्शनका आधारमा स्थानीय तहले कानुन निर्माण गर्न सक्छन्’ उनले भने।
 

सचिव मैनालीले आर्थिक गणनापश्चात कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदानको वास्तविक तथ्यांक आउने बताए। सरकारले १४ औं योजनामा ५ दशमलव ९ प्रतिशत योगदान दिने उल्लेख गरिएपनि अधिकांश सहकारी उत्पादनभन्दा बचतमै केन्द्रीत भएकोमा दुःख व्यक्त गरे।  स्थानीय तह र सहकारीको साझेदारीबाट नै देशले दुर्तगतिमा आर्थिक विकास गर्न सक्ने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले सहकारी र सञ्चारको सहकार्य आवश्यक भएको बताए। सहकारीले सञ्चारमाध्यममा प्रयाप्तमात्रामा स्थान पाइनरहेको अवस्थामा तालिम उपयोगी हुन सक्ने उनले बतँए। 

पाँच दिनसम्म सञ्चालन तालिममा सचिव मैनालीले सहकारी संस्थाहरुको नियमन, प्रवद्र्धन तथा स्थानीय तहको भूमिका, सहकारी विभागका रजिष्टार केशवप्रसाद रेग्मीले सहकारी दर्शन, मूल्य र मान्यताका विषयमा प्रशिक्षण दिएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.