उत्कृष्ट प्रविधिमा एलजीको डबल डोर रेफ्रिजेरेटर

उत्कृष्ट प्रविधिमा एलजीको डबल डोर रेफ्रिजेरेटर

काठमाडौं : एलजीको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपले नेपालको परिवेश सुहाउँदो एलजीका रेफ्रिजेरेटर बिक्री वितरण गर्दै आएको छ। कम्पनीले अहिले नयाँ प्रविधि, आकर्षण डिजाइन, वातावरणमैत्री र विद्युत् खपत कम गर्ने प्रविधियुक्त डबल डोर रेफ्रिजेरेटर भित्र्याएको हो।

रेफ्रिजेरेटरको नेपालमा पाएको सफलतालाई आत्मसाथ गर्दै कम्पनीले नयाँ उत्पादन भित्र्याएको हो। कम्पनीका अनुसार नेपाली ग्राहकमाझ विशेष गरी डबल डोर रेफ्रिजेरेटर प्रचलित छ। त्यसैलाई मध्यनजर गर्दै कम्पनीले डबल डोरमा नयाँ रेफ्रिजेरेटर भित्र्याएको हो। १० वर्षको वारेन्टीका साथ बजारमा उपलब्ध डबल डार रेफ्रिजेरेटरले ३२ प्रतिशत बिजुली बचत गर्ने कम्पनीको दाबी छ। फ्रिजमा लिनियर कुलिङ सिस्टम छ। यसका मद्दतले १४ दिनसम्म खानेकुरा ताजा राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै फ्रिजमा एलजी डोर कुलिङ सुविधा छ। यसले फ्रिजभित्रको तापक्रम थपघट गरी रेफ्रिजेरेटरलाई कन्भेन्सनल कुलिङ सिस्टमभन्दा ३५ प्रतिशत छिटो चिसो बनाउने कम्पनीले जनाएको छ। यसले भित्री भाग र ढोकाको साइड बीचको तापक्रम अन्तर घटाउँछ र खानेकुरालाई लामो समयसम्म ताजा बनाइराख्न मद्दत गर्छ। यसमा भएको स्मार्ट डाइग्नोसिसले मोबाइल एप्लिकेसनका माध्यमबाट फ्रिजलाई गाइड गर्न सकिन्छ।

अटो स्मार्ट कनेक्टले रेफ्रिजेरेटरलाई होम इन्भर्टरमा कन्भर्ट गर्ने कम्पनीले जनाएको छ। त्यस्तै यसमा रहेको डबल ट्विस्ट आइस ट्रे फिचरको सहयोगले अतिरिक्त आइस चाहिएमा सजिलै बनाउन सकिन्छ। कम्पनीका अनुसार यी रेफ्रिजेरेटर लो भोल्टेजमा काम गर्नुका साथै यसमा दुई लिटरका बोतल राख्ने पर्याप्त ठाउँ उपलब्ध छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.