सार्वजनिक यातायातमा काम गर्ने १२ बालकको उद्धार

सार्वजनिक यातायातमा काम गर्ने १२ बालकको उद्धार

काठमाडौं : काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातबाट चालकको सहयोगीका रुपमा कार्यरत १२ बालकको उद्धार गरिएको छ । 

श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकामा गरेको अभियानअन्र्तगत आज १६ वर्ष मुनिका १२ जना बालकको उद्धार गरिएको हो । 

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार ती बालकको उद्धार गरिएको हो । उक्त ऐनअनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन । 

सार्वजनिक यातायात ९बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन० का साधनमा बालश्रमरहित बनाउने अभियानको आज चौथो दिन स्वयम्भू चोकबाट १२ बालकको उद्धार गरिएको हो। 

श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा शुरु गरिएको सो अभियानमा अाइतबार १९१ गाडीको अनुगमन गरिएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.