राप्ती अञ्चल अस्पतालमा डायलासिस सुरु

राप्ती अञ्चल अस्पतालमा डायलासिस सुरु

तुलसीपुर : राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपकरण आएको लामो समयपछि डायलासिस सेवा सुरु भएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा मिर्गौला रोगीहरूका लागि निःशुल्क डाइलासिस सेवा दिने नीति अवलम्बन गरेपछि राप्ती अञ्चल अस्पतालमा पनि आइतबारदेखि सेवा शुभारम्भ गरिएको हो।

पहिलो दिनमै ३५ जना मिर्गौला रोगीहरूले डायलासिसका लागि नाम लेखाएका छन्। लामो समयको निरन्तर प्रयासपछि डायलासिस सेवा सञ्चालनमा ल्याइएको अस्पाल प्रशासनले जनाएको छ। डायलासिस सेवाको आइतबार तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यले सेवा शुभारम्भ गरेकी हुन्। 

अस्पतालको एक करोड रुपैयाँको लगानीमा डायलासिस सेवा सञ्चालनमा आएको र कर्मचारीहरूलाई तालिम दिइएको अस्पतालका नायब सुब्बा नवेन्द्र गिरीले बताए। डायलासिस सेवाका लागि आवश्यक सबै कर्मचारीको व्यवस्थासमेत गरिएको छ। डायलासिस सेवामा खटिने कर्मचारीहरूलाई तालिमसमेत प्रदान गरिएको छ। डायलासिसमा विशेषज्ञ डा. मीनचन्द्र अधिकारीसहित चिकित्सकको टोली खटिएको अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले बताए। अस्पतालको सेवा विस्तार र सुधारका लागि डायलासिस सेवालाई अस्पतालमा सञ्चालन गरिएको उनले बताए।

पहिलो दिनमै ३५ जना मिर्गौला रोगीहरूले डायलासिसका लागि नाम लेखाएका छन्।

डायलासिस सेवा सुरु भएसँगै यहाँका बिरामीहरूलाई उपचारका लागि सहज हुने भएको छ। सेवा सुरु भएपछि बिरामीहरूलाई राहत मिलेको छ। सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण कार्य पूरा भएपछि यो सेवा सञ्चालनमा आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले जानकारी दिए। मिर्गौला रोगीहरूका लागि डायलासिस सेवाले सुविधा प्रदान गर्ने उनको तर्क छ। 

गत पुस १५ गतेभित्र डायलासिस सेवा सुरु गर्ने भनिए पनि दक्ष जनशक्ति अभावका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन। जनशक्ति अभावका कारणले पनि रोकिएको यो सेवा अब भने निरन्तर सञ्चालनमा आउने उनले बताए। अस्पतालमा दुई वटा डायलासिस मेसिन राखिएको छ। डायलासिस सेवाबाट एक जनाले हप्तामा दुई पटक सेवा लिन पाउनेछन् भने हप्तामा ६ जनाले डायलासिस मेसिनमार्फत उपचार गर्न सक्छन्। तर, लोडसेडिङका कारण समस्या आउन सक्ने सिंहले जानकारी दिए। ‘अलिकति बत्तीको समस्या छ’, उनले भने, त्यो समस्या समयमै हल भयो भने सेवा थप प्रभावकारी हुनेछ।

डायलासिसको समस्या लिएर अन्यत्रै रिफर हुनुपर्ने समस्या अब हट्ने विश्वास गरिएको छ। अञ्चल अस्पतालमा डायलासिस सेवा सुरु भएसँगै उपचार गराउनेहरूमध्ये आइतबार मात्रै ३५ जनाले नाम दर्ता गराएका छन्। अब मिर्गौला बिरामीहरूलाई अन्यत्र गएर महँगो शुल्क तिनुपर्ने बाध्यता हटेर जानेछ, सेवा सुरु गर्दै उपमहानगरका उपमेयर आचार्यले भनिन्, अञ्चल अस्पतालमा सेवा सुरु भएसँगै राहत महसुस हुनेछ।

अहिले मिर्गौला रोगीहरूका लागि डायलासिस सेवा लिन नेपालगन्ज, काठमाडौं पुग्नुपर्ने अवस्था थियो। सेवा सुरु भएसँगै दाङलगायत छिमेकी जिल्ला सल्यान, रुकुम, रोल्पा र प्युठानका बिरामीहरूका लागि पनि सहज हुनेछ। अञ्चल अस्पतालमा सञ्चालनमा आएको यो सेवामार्फत मिर्गौला बिरामीहरू उपचारका लागि आवश्यक अन्य पूर्वाधारसमेत व्यवस्था गर्न नगरले सक्दो सहयोग गर्ने उपप्रमुख आचार्यले बताइन्। गरिब तथा विपन्नहरूका लागि अञ्चल अस्पतालमा सञ्चालनमा आएको यो सेवा निःशुल्क प्राप्त गर्ने भएसँगै यहाँका बासिन्दा खुसी भएका छन्।

अञ्चल अस्पतालमा डायलासिस सुरु गर्दै चिकित्सकहरू।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.