घरकै उद्यमले मासिक ३० हजार आम्दानी

घरकै उद्यमले मासिक ३० हजार आम्दानी

तेह्रथुम :  लालीगुराFस नगरपालिका एक टुटेकी विष्णु लिम्बूले घरमै गरेको उद्यमबाट मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन्। दूधबाट बन्ने विभिन्न प्रकारका खाद्यसामग्री तयार गर्ने उद्योग सञ्चालन गरी लिम्बूले मासिक ३० हजारसम्म कमाइ गरेकी हुन्। उनी अहिले महिलाले पनि उद्यम सञ्चालन गरी आम्दानी लिन सक्छन् भन्ने उदाहरण बनेकी छन्।

दुई वर्षअघि तीन लाख रुपैयाँ लगानीबाट सुरु गरेको उनको उद्योगमा दुग्धपदार्थ (खुवा, छुर्पी, दही, घिउ, पनिर, चकलेट, ललीपप)लगायत खाद्यवस्तु उत्पादन गरिन्छ। ‘आर्थिक अवस्था कमजोर भएकाले मेरा श्रीमान् लाखबहादुर लिम्बू पैसा कमाउन करिब १० वर्षसम्म खाडीका विभिन्न मुलुक बस्नुभयो’, लिम्बूले भनिन्, ‘विदेशमा जति दुःख गर्दा पनि श्रीमान्ले भनेजस्तो आम्दानी गर्न नकसेपछि आफैं केही गर्ने सोचले उद्यमतिर लागेकी हुँ।’ श्रीमान्ले कमाइले दुई छोरा पढाउनसमेत नपुगेपछि आफैं उद्यमतिर लागेको उनले बताइन्।

श्रीमानले विदेशबाट पठाएको केही पैसा, साथीभाइ र स्थानीय सहकारीमार्फत ऋण खोजेर थालेको उद्योगले अहिले राम्रै आम्दानी गरिरहेको लिम्बूको भनाइ छ।

महिलाले आफैं उद्योग खोलेर आम्दानी गरेको देखेपछि आसपास क्षेत्रका पुरुषसमेत चकित छन्। लिम्बूले उद्योगका लागि आवश्यक दूध वरिपरि गाउ“का किसानसँग खरिद गर्छिन्। ‘उद्योगमा दैनिक दुई सय लिटर दूध खपत हुँदै आएको छ’, उनले भनिन्, ‘दूध प्रतिलिटर ४५ रुपैयाँमा किन्छु, रामै आम्दानी हुन्छ।’ उनको उद्योगमा दूध खपत हुन थालेपछि आपसासका केवुक, नेभाङ, साव्रा, भुल्के, मुसाङखेल, फुलेक, मारेककटहरे, तामाफोकलगायत गाउ“मा व्यावसायिक गाईपालक किसानलाई समेत राहत मिलेको छ।

उद्योगबाट उत्पादित वस्तु पछिल्लो समय तेस्रो मुलुकमा समेत निर्यात हुने गरेका छन्।

उद्योगले दैनिक नौ हजार रुपैयाँबराबरको दूध खरिद गर्दै आएको लिम्बूले बताइन्। उद्योग खुलेपछि खाद्यपदार्थ पकाउन चाहिने इन्धनको प्रमुख स्रोत दाउराको बिक्रीसमेत बढेको छ। उद्योगलाई दाउरा बिक्री गरेर स्थानीय महिलाले समेत राम्रो आम्दानी गरिरहेका छन्। गतवर्ष उनले स्थानीयसँग एक लाख २० हजार रुपैयाँको दाउरा किनेको जानकारी दिइन्। गतवर्षको तुलनामा यस वर्ष दोब्बर दाउरा खरिद गर्ने तयारीमा रहेको उनको भनाइ छ। दुई वर्षको अवधिमा उनको उद्योगमा लगानी बढेर १० लाख रुपैयाँ पुगेको छ। उद्योगमा तीन जनाले रोजगारीसमेत पाएका छन्।

उद्योगमा उत्पादित दुग्धपदार्थ धरान, विराटनगर, दमक, पोखरा, काठमाडौंसम्म पठाउने गरिएको छ। केही महिनायता काठमाडौंका व्यापारीमार्फत उद्योगका उत्पादन अमेरिका, बेलायत, सिंगापुर, हङकङलगायत मुलुकसम्म पुगेको लिम्बूले बताइन्। ‘दूधजन्य परिकार बनाउने र बजार प्रवद्र्धन गर्ने सीप सिक्न इलाम, विराटनगर, सुनसरीको दुहबीलगायत स्थानसम्म पुगेकी छु’, उनले भनिन्, ‘उद्योगमा उत्पादित वस्तु देशका विभिन्न स्थानमा हुने औद्योगिक प्रदर्शनी तथा मेलामा समेत पुग्ने गरेका छन्।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.