अवैध व्यावसाय गर्ने सुन व्यवसायी पक्राउ
नेपालगञ्ज : अवैध रुपमा सुन व्यवसाय गर्ने नेपालगञ्जका सोनु राई पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका –२ सदरलाइनमा अवैध रुपमा ‘सोनु राई ज्वैलर्स’सञ्चालन गर्ने राईलाई आइतबार राती पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहाद्र तामाङले जानकारी दिए ।
ज्वैलर्सबाट गहनासहितको चार सय २३ ग्राम सुन र २४ किलो चाँदी बरामद गरिएको छ । ‘गहना किन्दा रसिद नदिने गरेको गुनासो आएपछि खानतलासी गरेका हौं’, एसपी तामाङले भने, ‘खानतलासी गर्दा अवैध रुपमा सुन पसल सञ्चालन गरेको पाइयो । सुन कहाँँबाट खरिद गरिन्छ भन्ने कुनै विवरणसमेत फेला पार्न सकिएन ।’