भूमि नेपालको, आम्दानी भारतको

भूमि नेपालको, आम्दानी भारतको

सन्दकपुर : सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन्। केही त्यस्ता ठाउँ छन्, जहाँबाट सूर्य आकाशबाट हैन आँखा अगाडिबाटै उदाएजस्तो देखिन्छ। पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुर सूर्योदय हेर्नका लागि यस्तै ठाउँ हो। यहाँबाट धपधप बलेको सूर्य आकाशबाट हैन, हेर्नेको आँखा अगाडिबाटै उदाएजस्तो भान हुन्छ।

कात्तिकदेखि वैशाख महिनासम्म सन्दकपुरमा सूर्योदयको दृश्य हेर्न पर्यटकको घुइँचो लाग्छ। सूर्योदयको दृश्यावलोकनका लागि नेपालको भूमि प्रयोग गर्नुपर्छ तर पर्यटकका लागि पर्याप्त होटल र पूर्वाधारको विकास छैन। यही कारण पर्यटकबाट हुने आम्दानीजति भारतले लिने गरेको छ।

३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुरको एउटै टाकुरोबाट सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य हेर्न सकिन्छ तर यहाँ आउने पर्यटकबाट नेपालले आम्दानी लिन सकेको छैन। नेपालतर्फ दुईवटा मात्र होटल छन्, भारततर्फ सन्दकपुर बजार छ। पर्यटकहरू नेपालको भूमिबाट सूर्योदयको दृश्यावलोकन गर्छन् र भारतर्फका होटलमा गएर खाने, बस्ने गर्छन्।

भारततर्फ १४ वटा होटल सञ्चालनमा छन्। तीनवटा होटल निजी लगानीबाट सञ्चालित छन् भने ११ वटा भारतको पश्चिम बंगाल राज्य मातहत। नेपालतर्फ निजी लगानीबाट सञ्चालित होटल शेर्पा शैले र सनराइज होटल छन्। यी दुई होटलका छेउछाउबाट मात्र सूर्योदय हेर्न सकिन्छ तर नेपालले पर्यटकबाट आम्दानी लिन नसकेको होटल शेर्पा शैलेका सञ्चालक पेमा डन्डु शेर्पा बताउँछन्।

 सन्दकपुरको एउटै टाकुरोबाट सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य हेर्न सकिन्छ तर यहाँ आउने पर्यटकबाट नेपालले आम्दानी लिन सकेको छैन।

‘पर्यटकले नेपालको भूमिबाट सूर्योदयको दृश्यावलोकन गर्छन्’, उनी भन्छन्, ‘नेपालतर्फ पर्यटकका लागि पर्याप्त होटल नभएकाले अधिकांश पर्यटक भारत सरकारले सञ्चालन गरेका होटलमा बस्न बाध्य छन्।’ पर्यटकलाई लक्ष्य गरी नेपाल सरकारले पूर्वाधार विकास गरेको छैन। ‘नेपाल सरकाले पर्यटन प्रवद्र्धनका लागि चासो नदिदा भारतले राम्रो आम्दानी गरिरहेको छ,’ उनी भन्छन्, ‘निजी लगानीबाट हामीले दुई होटल सञ्चालन गरेका छौं। सबै पर्यटकलाई सुविधा दिन नसक्दा आम्दानी लिन नसकिएको हो।’

भारतको पश्चिम बंगाल राज्यअन्तर्गत पर्यटन बोर्ड, वन विभाग, रोड विभागलगायत निकायले होटल सञ्चालन गरेका छन्। नेपाल सरकारको उपस्थिति शून्य हुँदा भारतले एकलौटी फाइदा लिइरहेको छ। नेपालको भूमि प्रयोग गरेर भारतले करोडौं आम्दानी गरिरहेको स्थानीय नेपाली बताउँछन्।

यहाँका होटलमा पर्यटकले प्रतिरात ५ सय देखि ३५ सय भारतीय रुपैयाँसम्म तिर्नुपर्ने होटल व्यवसायी पासाङ दावा बताउँछन्। ‘बास बस्ने होटलको कोठाको गुणस्तर हेरेर पर्यटकबाट पैसा लिने गरिएको छ’, उनी भन्छन्।

पर्यटकको ओइरो लागेर पनि भारतले मात्र फाइदा लिएको देख्दा दुःख लागेको आन्तरिक पर्यटक टाइसन केरुङले बताए। ‘यस्तो ठाउँमा राज्यको उपस्थिति नहुँदा दुःख लाग्यो’, उनले भने, ‘पर्यटकलाई लक्ष्य गरी नेपाल सरकारले पूर्वाधार विकास गरे मनग्ये आम्दानी हुनेछ।’

नेपाल–भारत सीमा क्षेत्रमा रहेको पर्यटकीय स्थल सन्दकपुर। भीमकुमार बाँस्कोटा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.