२० वर्षपछि पक्राउ परे ‘हत्यारा’

२० वर्षपछि पक्राउ परे ‘हत्यारा’

नेपालगञ्जः २० वर्षअघि हत्या गरेर फरार अभियुक्तको सूचीमा रहेका बाँकेका मेराज अलि बेहनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार २०५५ असोज २८ गते नेपालगञ्ज–१४ (साबिक भवानीयापुर गाविसको बालेगाउँ) मा भारतको बहराइच जिल्ला कैलाशपुरका सावली बर्माको धारिलो हतियार प्रहार गरी हत्या गर्नेमा बेहनासमेत ६ जना संलग्न रहेको प्रहरीमा जाहेरी परेको थियो । हत्यामा  तीन–तीन नेपाली र भारतीय संलग्न रहेको प्रहरीले जनाएको छ । 

‘२० वर्षभित्र अभियुक्त फेला नपर्दा मुद्दा स्थगित गर्ने व्यवस्था छ’, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहाद्र तामाङले भने, ‘मुद्दा किनारा लगाउने बेलामा आइतबार अभियुक्त पक्राउ गर्न सफल भएका छौँ ।’ हत्याका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.