इलाममा एक हजारको मुटु परीक्षण
इलाम : सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्र काठमाडौंको आयोजनामा इलाममा सञ्चालन दुई दिने निशुल्क मुटु शिविरमा एक हजार २३ जनाले मुटु परीक्षण गराएका छन् ।
केन्द्रका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माको नेतृत्वमा इलाम आएका आठजना चिकित्सकले जिल्लाका विभिन्न स्थानबाट आएका बिरामीको निशुल्क मुटु परीक्षण गरेका थिए।
आमा गर्भवती भएको अवस्थामा कडा औषधि सेवन गर्ने, धुम्रपानलगायतका कारणले हुने मुटु रोगको नियन्त्रणका लागि स्वस्थ्य खानपान र नियमति व्यायाम गर्न चिकित्सकले सुझाव दिए।
चुरोट सेवनले मुटुलाई असर पार्ने भएकाले यसबाट टाडा रहन सके मुटुका धेरै समस्या समाधान हुने चिकित्सकले जानकारी दिए।