वित्तीय पहुुँचमा कर्णाली प्रदेश पछाडि

वित्तीय पहुुँचमा कर्णाली प्रदेश पछाडि

काठमाडौं : कर्णाली प्रदेश वित्तीय पहुुँचमा सबैभन्दा पछाडि देखिएको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा बैंक तथा वित्तीय संस्थाका शाखा न्यून हुँदा वित्तीय पहुँचमा पछि परेको हो । हालसम्म यो प्रदेशमा वाणिज्य बैंकका एक सय तीन वटा, विकास बैंकका आठ वटा र फाइनान्स कम्पनीका दुुई वटा शाखा विस्तार गरिएको छ । कर्णाली प्रदेशमा ११ वटा जिल्ला छन् । राष्ट्रिय जनगणना २०६८ अनुुसार यो प्रदेशमा १५ लाख ७० हजार जनसंख्या छ ।

वित्तीय पहुुँचको अग्रस्थानमा प्रदेश ३ छ । प्रदेश ३ मा नौ सय ४१ वाणिज्य बैंक, दुुई सय ५२ विकास बैंक र ७० वटा फाइनान्स कम्पनी सञ्चालनमा छन् । जनसंख्याको हिसाबले बढी जनघनत्व रहेको यो प्रदेशमा ५५ लाख २९ हजारभन्दा बढी जनसंख्या छ । प्रदेश ३ मा १३ वटा जिल्ला छन् । प्रदेश नम्बर ३ मा वाणिज्य बैंकका साथै विकास बैंक र फाइनान्स कम्पनीको उपस्थिति पनि राम्रो छ ।

वित्तीय पहुुँचको हिसाबले प्रदेश १ मध्यम स्थानमा छ । १४ वटा जिल्ला रहेको यो प्रदेशमा चार सय ६ वटा वाणिज्य बैंक, एक सय १३ वटा विकास बैंक र ४८ वटा फाइनान्स कम्पनी छन् । प्रदेश ५ मा तीन सय ९० वाणिज्य बैंक, दुुई सय ४२ विकास बैंक र २६ वटा ‘ग’ वर्गका फाइनान्स कम्पनी सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी प्रदेश ४ मा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका शाखा क्रमशः तीन सय चार, दुुई सय ६ र २५ वटा छन् । प्रदेश ६ मा एक ६६ वाणिज्य बैंक, ४६ विकास बैंक र ३ वटामात्र फाइनान्स कम्पनी सञ्चालनमा छन् ।

यो प्रदेशमा वाणिज्य बैंकका एक सय तीन, विकास बैंकका आठ र फाइनान्स कम्पनीका दुुई वटा शाखा विस्तार गरिएको छ ।

सरकारले सबै नेपालीमा वित्तीय पहुुँच पुु¥याउने अभियान सुुरु गरे पनि आधाभन्दा बढी स्थानीय तहमा बैंक शाखा पुुग्न सकेको छैन । वाणिज्य बैंक पुुग्न नसकेका स्थानमा विकास बैंक र फाइनान्स कम्पनीको समेत उपस्थिति न्यून छ । सरकारले गएको आर्थिक वर्षको बजेटमार्फत सबै नेपालीको पहुुँचमा वित्तीय पहुुँच पुु¥याउने विशेष कार्यक्रम अघि सारे पनि अझै तीन सय ५९ स्थानमा वाणिज्य बैंक पुुग्न सकेका छैनन् ।

सरकारले सबै स्थानीय तहमा बैंक पुु¥याउने योजना अघि सारे पनि हालसम्म धेरै स्थानीय तहमा बैंक शाखा पुुग्न बाँकी रहेको तथ्यांक राष्ट्र बैंकको छ । हालसम्म पनि एक सय १६ स्थानमा बैंक पुुग्न नसक्ने बताइरहेका छन् । यस्ता स्थानमा समेत बैंक पुु¥याउन राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकलाई निर्देशन दिइसकेको छ ।

आगामी असार मसान्तभित्र सात सय ५३ स्थानीय तहमध्ये तीन सय ५९ वटै स्थानीय तहमा वाणिज्य बैंकमन शाखा स्थापना हुुने भएका छन् । राष्ट्र बैंकले वैैशाख मसान्तभित्र दुुई सय ४३ वटा स्थानीय तहमा शाखा विस्तार गर्न वाणिज्य बैंकलाई निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । केन्द्रीय बैंकले वाणिज्य बैंकलाई स्थानीय तह नै तोकेर वैशाख र असारभित्र शाखा विस्तार नगरे कारबाही गर्ने पत्र समेत लेखेको छ । बाँकी स्थानमा भने वाणिज्य बैंकले आफ्ना शाखा विस्तार गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.