सेन्ट्रल जोन भलिबलः सेमिफाइनलमै हार्‍यो नेपाल, उपाधि सपना अधुरै

सेन्ट्रल जोन भलिबलः सेमिफाइनलमै हार्‍यो नेपाल, उपाधि सपना अधुरै

मिरपुर (बंगलादेश): सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएसँगै एसियन भलिबल महासंघ (एभीसी) सेन्ट्रल जोन प्रतियोगिताको उपाधि जित्ने नेपालको सपना सकिएको छ । नेपाल बुधबार भएको पहिलो सेमिफाइनल खेलमा तुर्कमेनिस्तानसँग २५–१४, २५–१८, २५–१९ को सेटमा पराजित भयो ।

नेपालले अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ । नेपालले तेस्रो स्थानका लागि शुक्रबार हुने खेलमा आयोजक बंगलादेश वा कीर्गिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने छ । कीर्गिस्तान र बंगलादेश दोस्रो सेमिफाइनल खेलमा अहिले प्रतिस्पर्धा गरिरहेका छन् । 

बंगलादेशमै भएको एभिसी सेन्ट्रल जोन भलिवल प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको तुर्कमेनिस्तानविरुद्ध नेपालले ब्लक र सिसिभमा निक्कै कमजोर प्रदर्शन गरेको थियो । 

एभिसी सेन्ट्रल जोन प्रतियोगितामा तुर्कमेनिस्तानविरुद्ध नेपालको यो लगातार तेस्रो पराजय हो । पहिलो संस्करणसँगै गत वर्ष माल्दिभ्समा भएको तेस्रो संस्करणको खेलमा पनि नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको थियो । 

खेलपछि नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले खेलाडीले सोचेको जस्तो खेल्न नसक्दा पराजित हुन पुगेको प्रतिकृया दिए । ‘तुर्कमेनिस्तान हामी भन्दा बलियो टोली हो । यद्यपि हामीले उनीहरुविरुद्ध केही योजना बनाएका थियौं’, प्रशिक्षक भट्टले भने, ‘यद्यपि योजनाअनुसारको खेल हुन सकेन ।’

नेपालले सेन्ट्रल जोन प्रतियोगितामा गत वर्ष काश्य पदक जितेको थियो । नेपालको राष्ट्रिय खेल भलिबल टीमले जितेको त्यो नै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता बनेको छ । 

यस पटक पनि नेपालको काश्य पदक जित्ने सम्भावना अझै छ । अब नेपालले तेस्रो स्थानका लागि हुने खेलमा जित हात पार्नुपर्ने छ । उपाधि सम्भव नभएपछि प्रशिक्षक भट्टले नेपाली टोली अब काश्य पदककै लागि प्रतिस्पर्धा गर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.