छाला चाउरी पर्न नदिन यसो गर्नुहोस्, सधैं जवान देखिन्छ
उमेर बढ्दै गएपछि छाला चाउरिन थाल्छ। विशेष गरी अनुहारको छाला छिट्टै चाउरिन्छ। ४० वर्षको उमेरसम्म महिलाहरूको छाला तन्किएको हुन्छ। त्यसपछि भने बिस्तारै छाला चाउरिँदै जान्छ। घामको अल्ट्राभ्वाइलेट किरणले छालालाई असर गर्छ।
खानपिनमा ध्यान नपुरयाउने महिलालाई पनि चाउरिने समस्याले सताउँछ। बढी गुलियो र कार्बोहाइड्रेटयुक्त खाना खाने महिला मोटोपनको शिकार हुन्छन्। मोटापनले सताउन थालेपछि ती महिला वजन घटाउनतिर लाग्छन्। डाइटिङ गर्छन्। यसो गर्दा मोटोपन त घट्छ तर छाला चाउरिन थाल्छ।
बजारमा पाइने गुणस्तरहीन सौन्दर्य प्रसाधनको प्रयोगले पनि छाला चाउरिन्छ। छाला सुक्खा हुन्छ। निद्रा नपुग्ने महिलालाई पनि छाला चाउरिने समस्याले सताउँछ। व्यायाम नगर्दा पनि छालामा असर पुग्छ।
छाला कसिलो बनाउने घरेलु उपाय
–तरबुजाका रसमा कपासको डल्लो डुबाई अनुहारमा दल्नुपर्छ। यसो गर्दा चाउरिपनबाट छुटकारा पाइन्छ।
–अंगुरको रसमा गुलाबजल मिसाएर कपासको सहायताले अनुहारको छालामा दल्नुपर्छ।
–राति सुत्नअघि अनुहारमा काँक्रोको रस लगाउनुपर्छ। त्यसमा दूध, कागतीको रस र मह पनि मिसाउन सकिन्छ।
–क्राँकोको रसमा जैतुनको तेल मिसाएर अनुहारको मालिस गर्न सकिन्छ।
–गाजरको रस कपासमा लिई अनुहारमा लगाउनुपर्छ। सुकेपछि चिसो पानीले अनुहार पखाल्नुपर्छ। त्यसमा गालेभेँडा अथवा कागतीको रस मिसाउँदा राम्रै हुन्छ।