प्रजिअसँगै दर्जन सहसचिवको सरुवा
काठमाडौ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायले विभिन्न मन्त्रालय र निकायका झण्डै एक दर्जन सहसचिवको काज सरुवा गरेको छ । सरुवा भएकाहरुमा अर्थ मन्त्रालयका शोभाकान्त पौडेललाई लोकसेवा आयोगमा पठाइएको छ भने आन्तरिक राजश्व विभागका मुकुन्द निरौलालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरिएको छ ।
यस्तै लोकसेवाका झक्कप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा , धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा , संघीय मामिलाल तथा सामान्य प्रशासन मन्त्रालयका प्रकाश दाहाललाई श्रम तथा रोजगार मन्त्रालयमा , पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिहलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरिएको छ । सरुवा भएका केहीको नाम भने सार्वजनिक गरिएको छैन ।