खुला सीमा र संगठित अपराध मुख्य चुनाैती

खुला सीमा र संगठित अपराध मुख्य चुनाैती

बुटवल : खुला सीमा प्रदेश ५ का लािग मुख्य सुरक्षा चुनौती भएको सुरक्षा बैठकले निष्कर्ष निकालेको छ । रुपन्देहीको मणिग्राममा शुक्रबार भएको प्रदेश ५ स्तरीय सुरक्षा बैठकमा जिल्लागत रूपमा भएको रिपोटिङ र छलफलका आधारमा खुला सीमा तथा संगठित अपराध चुनौतीका रूपमा देखिएको निष्कर्ष निकालेको हो । बैठकले त्यस्ताखाले अपराधबाट समाजलाई मुक्त गर्न निष्ठापूर्वक समन्वय गर्दै लाग्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।

पछिल्लो सयम सीमावर्ती जिल्लामा भइरहेका संगठित अपराधले समग्र सुरक्षामाथि प्रश्न उठाएको विषयमा समेत छलफल भएको थियो । सीमाबाट हुने सुन तस्करीदेखि अन्य सामानको तस्करी नियन्त्रणमा सुरक्षा निकाय सजग हुनुपर्ने विषयमा छलफल भएको छ । सुरक्षा बैठकमा निर्देशन दिँदै गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षालाई मजबुद बनाउन दत्तचित्त भएर लाग्न आग्रह गरे । मुलुकको सुशासनका लागि सरकार दृढतापूर्वक लागेको उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम राख्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

सीमा क्षेत्रमा हुने अवैध कारोबार, मानव बेचबिखन रोक्न दृढतापूर्वक लाग्न आग्रह गर्दै मन्त्री थापाले कार्यशैलीमा कमजोरी देखिए जोकोही कारबाहीमा पर्ने चेतावनी पनि दिए । सात वटै प्रदेशको सुरक्षा बैठकपछि संघीय संरचनाअनुरूप सुरक्षा संरचनाको मोडालिटी बन्ने उनले जानकारी दिए । बैठकमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सुरक्षा विषयमा संघीय सरकारसँग प्रदेशले समन्वय गर्ने बताए । प्रदेशमा सुरक्षाको मोडालिटी निर्माण नभइसकेकाले अहिलेकै जनशक्तिबाट सुरक्षा प्रबन्धका लागि समन्वय आवश्यक रहने उनले बताए ।

सुरक्षा बैठकमा प्रहरी नेतृत्वले सुरक्षाको व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन दिएका छन् । प्रहरी प्रमुख सर्वेन्द्र खनालले प्रहरीभित्रको विकृति हटाउने अभियानमा सहयोग गर्न आग्रह गरे । सशस्त्रका प्रमुख शैलेन्द्र खनालले सबै सुरक्षा तहबीच समन्वयबाट शान्ति सुव्यवस्था कायम गर्न मातहतका अधिकृतलाई निर्देशन दिए ।

बैठकमा प्रदेशभित्रका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षा अवस्थाको विषयमा जानकारी गराएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैैनालीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको रिर्पोटिङले पहाडीभन्दा तराईका जिल्लामा बढी सुरक्षा संवेदनशीलता देखाएको छ । बैठकमा जातिगत, धर्मगत हिंसा तथा सीमापार कारोबारले तराईमा अपराध बढाउने सम्भावना केलाइएको छ ।

बैठकमा प्रदेशसचिव शंकर पाठक, संघीय गृह सचिव प्रेमकुमार राई, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, राष्ट्रिय अनुसन्धान प्रमुख दिलिपराज रेग्मीले सुरक्षा विषयमा निर्देशनात्मक धारणा राखेका थिए । बैठकमा सीमा क्षेत्रमा हुने साना हतियार ओसारपसार, साना ठूला अपराध नियन्त्रण, मानव बेचबिखन, अवैध व्यापार रोक्ने विषयमा छलफल गरी नयाँ रणनीति तयार गरिएको छ । राजमार्गमा हुने अवरोध, विकासका अवरोध, राजस्व असुली तथा विभिन्न आवरणमा हुने अपराधमा चनाखो हुन गृहमन्त्री तथा सुरक्षा प्रमुखले मातहतका निकायलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.