बिरामी छोरीको उपचार गर्न नसक्दा पिडा

बिरामी छोरीको उपचार गर्न नसक्दा पिडा

जाजरकोट : चरम गरीवीका कारण बिरामी छोरीको उपचार खर्च जुटाउन नसक्दा जाजरकोट भेरी नगरपालिका १ मैदेका टीके परियारको परिवार निकै समस्यामा परेको छ ।

साँझ बिहानको हातमुख जोर्न समेत मुस्किल पर्ने परिवारकी   ६ वर्षीया छोरी प्रेमकला ६ वर्षदेखि बिरामी छिन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्ककले सल्लाह दिएका थिए तर जिल्ला बाहिर लैजाने पैसा नहुँदा अपाङ्ग छोरीको रोग पालेर बस्न बाध्य भएको उनले बताए ।

छोरीको उपचार गर्नको लागी गाँउमा ऋण खोज्न पनि कसैले नपत्याएपछि टीके बाध्य भएर भारत गएका छन् । छोरीको उपचारकै लागी मजदुरी गर्न उनी भारत छिरेका हुन् ।


तीन महिनासम्म उनको स्वास्थ्य राम्रो थियो । त्यसपछि एक्कासी बिरामी परेकी प्रेमकलाको उपचार हुन नसक्दा उनी घरमै थलिएकी छन् । छोरीको उपचार खर्च जुटाउन नसकेपछि बाबु टीके कमाई गरेर छोरीको उपचार गर्ने अठोटका साथ तीन महिना अघि भारत गएको आमा शितली परियारले बताइन् ।

बोल्न नसक्ने, आँखा नदेख्ने र उभिन सम्म नसक्ने ती बालिकालाई उपचारका लागि जिल्ला अस्पताल सम्म लगिए नि उपचार हुन नसकेको आमा शितलीको भनाई छ । ‘सुविधा सम्पन्न अस्पताल लिएर उपचार गर्न डाक्टरले रेफर गरेपनि पैसा नहुँदा कतै लैजान सकेका छैनौं  आमा शितलीले भनिन् ‘घरमा खाने अन्न छैन । दिनमा दुई छाक पेटभरी खान पाइदैन, छोरीको उपचार कसरी गर्ने ? ’  


खानपिनको जोहो गरौ कि विरामी छोरीको स्याहार । मलाई त साह्रै समस्या भयो । यस्तो दुख्ख बैरीलाई पनि आईनलागोस ।’ उनले भनिन् । 

सम्पतिको नाममा सानो खरले खाएको घर र एक रोपनी पाखो जग्गा बाहेक अरु केही छैन । घरमा हुँदा टीकेले ज्याला मजदुरी गरेर परिवारको गर्जो टादै आएका थिए । घरमुली भारत गएपछि अहिले उक्त परिवारलाई छाक टार्न समेत मुस्किल परेको छ । श्रीमान कमाई गर्न भारत गएपछि दुई छोरी र एक छोराको लालनपालनको सबै जिम्मेवारी शितलालाई आइलागेको छ । 


धेरै पैसा कमाएर छोरीको उपचार गर्ने सोचका साथ कालापाहाड हानिएका टीके कहिले फर्किने हुन केही टुङ्गो छैन । उपचारको नाममा गत बर्ष देउता लागेको भन्दै बाख्राको पाठो बलि दिएर पुजा गरेपनि २० को १९ नभएको शितलीको भनाई छ । डाक्टरका अनुसार ती बालिकालाई सानैमा दिमागमा असर भएर मानसिक तथा शारीरिक समस्या भएको हो ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.