अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु (फोटो फिचर)

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु (फोटो फिचर)

 लक्ष्मण पोख्रेल/सलमान खान

भैरहवा : शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पुर्व सन्ध्यामा सुरु भएको बौद्ध सम्मेलनको व्यवस्थापन लथालिङ्ग रहेको छ । लुम्बिनी विकास कोषद्धारा आयोजित बौद्ध सम्मेलनमा अतिथीहरुलाई बस्नका लागि कोषले प्रयाप्त कुर्सी, सम्पर्क व्यक्ति लगायतको राम्रो व्यवस्थापन नगर्दा बौद्ध सम्मेलनको व्यवस्थापन लथालिङ्ग भएको हाे।

बौद्ध सम्मेलनका आमन्त्रित अतिथीहरु बस्नका लागि कुर्सी समेत नहुदाँ उनीहरु भुईमा बस्न बाध्य भएका छन् । समाचार संकलनका लागि सम्मेलनमा पुगेका पत्रकारहरु समेत अन्यौलमा परेका छन् । उनीहरुलाई सम्मेलन जारी रहेको हलमा बस्ने व्यवस्था समेत गरिएको छैन ।

त्यस्तै कोषले सम्मेलनमा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई निमन्त्रण पठाएपनि वरियता नमिल्दा उनी सम्मेलनमा सहभागी नभएको बुझिएको छ । यस्तै पाँच नम्बर प्रदेशको संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री लिला गिरीलाई कोषले सम्मेलनमा आमन्त्रण गरेर आसनग्रहण समेत नगराउँदा सहभागीहरुमा मन्त्रीको अपमान भएको उनीहरुको निकटतम व्यक्तिहरुले बताए ।

सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारीले गरेका छन् । यस्तै बौद्ध सम्मेलनमा विभिन्न १५ वटा मुलुकको संस्कृति मन्त्रीहरु आउने कोषले जनाएपनि सम्मेलनमा कुनै मुलुकको मन्त्री पनि सहभागी भएका छैनन् ।

जारी सम्मेलनमा कोषले अधिकांश लुम्बिनीमा रहेका विभिन्न बौद्ध बिहारहरुमा रहेको भिक्षुहरुलाई कार्यक्रममा सहभागी सम्मेलनलाई थप लथालिङ्ग बनाएको स्थानिय सहभागीहरुले बताएका छन् ।

सम्मेलनमा  मुख्यवक्ता दुरहाम युनिभरसिटीका प्राध्यापक रविन कनिंघमले आफ्नो कार्यपत्र प्रस्तुत गरेका छन् ।  बौद्ध सम्मेलनमा बौद्धसगँ सम्बन्धित ३१ जनाले विभिन्न उपशिर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्ने कोषले जनाएको छ । सदस्य सचिव सरोज भट्टराईले १६ जना राष्ट्रिय र १५ अन्तराष्ट्रिय गरी ३१ जनाले विभिन्न उपशीर्षकहरुमा बौद्ध सम्मेलनमा बौद्धसगँ सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धित प्राज्ञिक व्यक्तित्व अनुसन्धानदाताहरु विभिन्न उपर्शिषकहरुमा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलन पश्चात प्रस्तुत कार्यपत्रहरुको निश्कर्षको रुपमा १६ गते आईतबार लुम्बिनी सम्मेलन घोषणा पत्र २०१८ जारी हुने उनले बताए ।

यस वर्षको सम्मेलन र बुद्ध जयन्तीको ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमी तथा विश्व शान्तिको मुहान’ मुल नारा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.