फुङलिङमा आगलागी

फुङलिङमा आगलागी

फुङलिङ  : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारछेउको ललितबहादुर गुरुङको घरमा आगलागी भएको छ । फुङलिङ नगरपालिकाका–६ स्थित गुरुङको घरमा शनिबार बिहान ११ बजे आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, फुङलिङका मेयर छत्रपति प्याकुरेल र स्थानीयको उपस्थितिमा एक घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक लक्ष्मणबहादुर मगरले जानकारी दिए ।

आगलागीबाट ९ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । आगो नियन्त्रणमा आएपछिसँगै रहेका दुईवटा घर भने जोगिएका छन् । आगो निभाउन गएको फुङलिङ नगरपालिकाको दमकल भने खराब बाटोका कारण बीचमै फसेको थियो । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.