खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच  गर्न जंगल छिर्छन्

तेह्रथुम : खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो। 

शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो। खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षक शौच गर्न जंगल छिर्छन्। 

शौच गरिसकेपछि सरसफाइ गर्ने पानी नहुँदा जिल्लाका गाउँगाउँमा रहेका विद्यालयका शिक्षक नै शौच गर्न जंगलतिर जानुपर्ने बाध्यता रहेको बताउँछन्। तेह्रथुमका फेदाप, छथर र आठराई गाउँपालिका तथा म्याङलुङ नगरपालिकाका समेत धेरैवटा विद्यालयमा शौचालय त छन्, तर पानी पानी छैन।

त्यस्ता विद्यालयका शिक्षक र विद्यार्थी खुलारुपमा नै शौच गर्न बाध्य छन्। गाउँभन्दा टाढा रहेको विद्यालयमा शौचालयका पानी नहुँदा यस्तै समस्या बेहोरिरहेको फेदाप गाउँपालिका–१ स्थित बालमकर माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताए।

 विद्यालय नजिकै गाउँसमेत छैन। पिउने पानीसमेत शिक्षकले घरैबाट बोकेर लैजान्छन्। पानी अभावले विद्यालयमा गम्भीर समस्या निम्तिएको सो विद्यालयका एक शिक्षकले बताए। 

विद्यालयमा निम्तिएको यस्तो समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण नभएको शिक्षकले गुनासो गरेका छन्। सुख्खा क्षेत्रका धेरैवटा विद्यालयमा यस्तो समस्या छ। 

तेह्रथुम जिल्लालाई गत वर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा गरिसकिएको छ। जिल्लाका ९५ प्रतिशत बढी घरधुरीमा चर्पीसमेत बनिसकेका छन्। तर अझै पनि सुख्खाग्रस्त गाउँका बासिन्दाले पानी अभावकै कारण चर्पी प्रयोग गर्न पाएको छैन।रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.