दसबुँदे घोषणा पत्र जारी गर्दै सकियो बौद्ध सम्मेलन

दसबुँदे घोषणा पत्र जारी गर्दै सकियो बौद्ध सम्मेलन

भैरहवाः २५६२ औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन दशबुँदे लुम्बिनी घोषणा पत्र २०१८ जारी गर्दै सम्पन्न भएको छ ।

२ दिनसम्म चलेको सम्मेलनले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थल र बुद्ध धर्म विश्वशान्तिको मुहानको रूपमा स्वीकार गर्ने लगायत निर्णय गर्दै सम्पन्न भएको हो ।
२३ देशका अन्तर्राष्ट्रिय सहभागीहरू, नेपाल सरकार तथा लुम्बिनी विकास कोषले आयोजना गरेको २५६२ औँ बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा विगतमा भएका उपलब्धिहरूलाई समेट्दै लुम्बिनी गौतब बुद्धको जन्मस्थल र बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्वीकार्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।

मानवताको सबैभन्दा ठुलो गुरुको जन्मस्थलको महानतालाई बोध गर्दै र यसले अन्तराष्टिय भाइचारा, दया, करुणा र मानवजातिको लागि र अन्तरआस्था र शान्ति सम्वादको लागि अन्तर्राष्ट्रिय केन्द्रको रूपमा विकासित गर्दै लैजाने सहभाी मुलुकका कार्यपत्र प्रस्तोताले जनाए ।

उनीहरू लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रूपमा विकास गर्न सहमत भएका छन् । जहाँ धर्म र धर्मनिरपेक्ष नेताहरूको एकै थलोमा आएर गरिबीबाट उन्मुक्ति दिलाउने र संयुक्त राष्ट सङ्घ र नेपाल सरकारले देखेको दृष्टिकोणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्वको सम्बोधन गर्न अह्वान गर्ने र दिगो विश्व शान्तिको निम्ति बुद्धको शिक्षालाई अवलम्बन गर्दै अन्तरआस्था, सहयोग र सदाचारहरूलाई प्रवर्द्धन गर्दै रणनीति तर्जुमा गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बताए ।

सन् २०१६ मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिखित लुम्बिनी नेपाललाई भगवान् बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवर्द्धन गर्नका लागी सबै एकमतले सहमत छन् । यसका साथै केन्जो टांगेद्वरा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रूपमा सम्पन्न गर्ने कुरामा सहमत भएका छन् ।

सम्मेलनको समापन गर्दै प्रधानमन्त्री के पी शर्मा ओलीले बुद्धको दर्शनको बारेमा लामो व्याख्या गर्दै लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको उद्गम थलो भएको सम्मेलनले पुष्टि गरेको बताए । विश्वलाई अँध्यारोबाट हटाउनको लागी बुद्ध र बुद्धको दर्शनले महत्त्वपूर्ण टेवा पुर्‍याएको उल्लेख गरे । उनले हत्या र हिंसाबाट हैन कि विश्वले शान्तिको बाटो पछ्याउनु पर्ने बताए ।

लुम्बिनी गुरुयोजना समयमै पुरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पुरातत्व क्षेत्रको उत्खनन् र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई पूर्णता दिने बताए ।लुम्बिनीलाई विशवशान्तीको केन्द्रको रूपमा विकास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

१० बुँदे लुम्बिनी घोषणा पत्र २०१८

१. सन् २०१६मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिखित लुम्बिनी नेपाललाई भगवान् बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवर्द्धन गर्ने ।
२. केन्जो टांगेद्धारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रूपमा सम्पन्न गर्ने ।
३. अन्तरआस्था, सम्वादको प्रवर्द्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ति एक भई काम गर्ने ।
४. लुम्बिनीमा शान्ति र द्धन्द्धको निरूपणको लागि अन्तराष्टिय केन्द्र स्थापना गर्ने ।
५. लुम्बिनीलाई एसियाको वृहत्तर तीथस्थलको सर्किटको रूपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बङ्गलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्ने ।
६. वृहत्तर लुम्बिनीको पुरातात्वीक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई एकीकृतरुपमा व्यवस्थापन गरी संरक्षण गर्ने ।
७.  बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदूषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने ।
८.  कपिलबस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अस्तुधातुभएको स्थल) हरेको बृहत् महत्त्वलाई हृदयङ्गम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिष्ट सर्किट अन्तर्गतको रूपमा एकीकृत बृहद लुम्बिनी गुरु योजनाको रूपमा निर्माण गर्ने ।
९. बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रूपमा विकास गर्ने ।
१०.  लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरूको सञ्जालको लागि शुभारम्भ गर्ने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.