मोरङमा माइक्रो बस दुर्घटना, दुईजनाको मृत्यु

मोरङमा माइक्रो बस दुर्घटना, दुईजनाको मृत्यु

भद्रपुरः झापाको भद्रपुरबाट काठमाडौँ जाँदै गरेको बा ४ ख ६९१९ नम्बरको माइक्रो बस आज मोरङस्थित सुन्दरहरैचाको ठडिया चोकमा र्दुघटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । यो घटनामा १० जना घाइतो भएका छन् । 

तीब्र गतिको माइक्रो पानी परेर चिप्लो भएको सडकमा अनियन्न्त्रित भई रुखमा ठोकिँदा माइक्रोमा सवार भद्रपुर–७ की ५१ वर्षीय उमा निरौला र भद्रपुर ९ की ५२ वर्षीया श्यामा कार्कीको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ  । 

दुर्घटनामा घाइते भएका माइक्रो चालक दमक–५ का धीरज न्यौपाने, सहचालक धनुषाका दीपक पाण्डे, दमक–९ की नरमाया तामाङ, भद्रपुरकी सावित्री राई, मञ्जु तामाङ, नारायण वैद्य, प्रकाश कोइराला, दमक–८ की विमला मैनाली, विर्तामोड–८ की पुण्यकुमारी विष्ट, काठमाडौँ गोठाटारकी पुनम लामा लगायत अन्य घाइतेको विराटनगरको गोल्डेन अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी पोष्ट गोठगाउँका प्रमुख प्रहरी सहायक निरीक्षक किशोर निरौलाले जानकारी दिए । मृतकको शव गोल्डेन अस्पताल विराटनगरमै रहेको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.