२५० सय ग्रामको असिना : २० प्रतिशत फलफूल नष्ट

२५० सय ग्रामको असिना :  २० प्रतिशत फलफूल नष्ट

नेपालगन्ज : आइतबार साँझ परेको साढे दुई सय ग्रामको असिनाले बाँकेमा घर, फलफूल, तरकारी र अन्नबालीमा क्षति पुगेको छ । यति ठूलो असिना परेकोमा स्थानीय आश्चार्य चकित छन् । साँझ साढे ६ बजेतिर करिब १० मिनेट परेको असिना र हावाहुरीले जिल्लाका डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाकमा बढी क्षति पुगेको छ ।

कोहलपुर नगरपालिकाका वागवानी विकास अधिकृत शेरबहादुर ओलीका अनुसार एक पाउको असिनाले आँप, तरकारीलगायतमा क्षति पुगेको छ ‘२० प्रतिशत फलपूmल र तरकारीमा क्षति पुगेको छ’, उनले भने, ‘१० मिनेट मात्र परेकाले क्षति कम भएको हो । लामो समय परेको भए अझै बढी क्षति हुने थियो ।’ तरकारी र फलपूmल घाइते भएकाले थप क्षति हुने उनले बताए ।

डुडुवा गाउँपालिकाको वडा नंं १ होलिया, २ बेतहानी, ३ बनकट्टी, ४ कम्दी र ६ हिरिमिनियामा रहेका केही टायलको छानामाथि क्षति पु¥याएको छ, भने किसानहरुले लगाएका विभिन्न तरकारी बाली, मकै, गहँुलाई समेत क्षति पुर्‍याएको किसानहरु बताउँछन । वडा नं. ५ मा पर्ने जब्दहवा, तिलकपुर, दलैपुर लगायतका क्षेत्रमा रहेका अधिकांश छानाका टायलहरु फुटेका छन् । माटोका खपडाले बनेका घरहरुमा पनि क्षति पुगेको छ ।

 डुडुवा गाउँपालिकाका ५ दलैपुरका का ८२ वर्षीया टिकाराम दमाइले आफूले पहिलो पटक यति ठूलो असिना परेको बताए । डुडुवा –५ जब्दहवाका वीरेन्द्र खड्काले मकै बाली नष्ट भएको बताए । उनको घरको टायल पनि धेरै ठाउँमा फुटेको छ । उनले भने, ‘घरमा भएका अन्न सबै भिजेको छ ।’जब्दहवाकै विशुराम थारुले पनि असिनाले टायल फुटेपछि घरमा भएका गहुँ, मसुरो, तोरी, धान, चामल सबै अन्न भिजेको बताए ।

क्षतिबारे गाउँपालिकाको टोलीले सोमबार नै अनुगमन गरेको थियो । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी ‘पप्पु’ले गाउँपालिकाका एक हजारभन्दा बढी घरमा क्षति पुगेको दाबी गरे । ‘गाउँपालिकाले पर्सीदेखि क्षतिको लगत संकलन गर्छ’, उनले भने, ‘गाउँपालिकाले निर्णय गरी तत्कालै केही राहात प्रदान गरिनेछ । थप राहातका लागि जिल्ला दैवीप्रकोप, प्रदेश र केन्द्र सरकारसँग मागिनेछ ।’

 त्यसैगरी हावाहुरीले नेपालगन्ज उपमहानगरपालिका लगायत जिल्लाका विभिन्न क्षेत्रमा पनि क्षति पुगेको छ ।नेपालगन्ज उपमहानगरपालिका २० को नयाँबस्ती, थपुवा, गुन्नपुर, मदनापुरमा उप प्रमुख उमा थापा मगर लगायतको टोलीले सोमवार अनुगमन गरेको थियो । सो स्थानमा मात्र टायलका ५० बढी घरमा क्षति पुगेको उपमहानगरका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईले जानकारी दिए । 

हावाहुरीका कारण जिल्लाको विद्युत सेवा अनियमित भएको छ । आइतबार रातीदेखि सोमबार मध्यान्न १२ बजेतिर मात्र विद्युत सेवा सुचारु भएको थियो । विद्युत सेवा अझैं सबै ठाउँमा नियमित हुन सकेको छैन । त्यसैगरी असिनापानीले नेपालगन्ज–कोहलपुर सडकखण्डको पार्वतीपुरमा रहेको वर्षा रिसाइक्लिन इण्डष्टिजले करिव अढाइ करोड बराबरको क्षति व्यहोर्नु परेको सञ्चालक कन्हैयालाल बैद्यले जानकारी दिए ।

उनले भने, ‘कारखानाको सबै छाना करिव एक लाख २५ हजार स्वायर फिटमा लगाइएको सिमेन्टको टायल सबै फुटेर पानी पस्दा करोडौको क्षति पुगेको छ ।’ 
असिनासंगै आएको पानीका कारण उत्पादन भएर बजारमा पठाउनको लागि तयारी अवस्थामा रहेको अल्मुनियम र तामाका सामाग्री पनि विग्रिएको र पुन सबै प्रोसेसिङ्ग गर्नु पर्ने अवस्था आएको ईण्डस्ट्रिजका आरके जैनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.