मनाङलाई स्तब्ध बनाउँदै थ्रीस्टार माईभ्याली गोल्डकपको च्याम्पियन

मनाङलाई स्तब्ध बनाउँदै थ्रीस्टार माईभ्याली गोल्डकपको च्याम्पियन

इलामः ललितपुरको थ्रीस्टार क्लब इलामबाट सिजनको विजय यात्रा सुरु गरेको छ ।  इलाममा आयोजित चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पार्दै थ्रीस्टारले विजय यात्रा सुरु गरेको हो । 

सोमबार भएको फाइनलमा चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १-० गोलको जित निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो । 

निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयको सदुपयोग गर्दै थ्रिस्टारले उपाधी हातपारेको थियो । अतिरिक्त समयको तेश्रो मिनेटमा थ्रीस्टारका सुनिल बलले गोलले नेपाली फुटवलको स्टार टीम थ्रिस्टारलाई उपाधिको दाबेदार बनाएको थियो । 

दर्शकले खचाखच भएको इलामको ठुलो टुँडीखेलमा नेपालका दुई उत्कृष्ट टीमको प्रर्दशन निक्कै रोमाञ्चक भएको थियो । दुवै टीमले एक अर्कालाई निक्कै दबाबमा राखेका थिए । दुबै टीमले प्रसस्त अवसर पाए पनि सदुपयोग गर्न सकेका थिएनन् । 

मनाङका प्रशिक्षक फुजा टोपे र थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले फेयर खेल भएको भन्दै सन्तोष व्यक्त गरे । यस अघिका खेलमा रेफ्रिको निर्णय प्रति टिमहरुले असन्तुष्टि व्यक्त गरेका थिए । 

फाइनलसम्म पुग्न मनाङले विभागीय टीम त्रिभुवन आर्मी र आयोजकलाई समान १–० ले हराएको थियो । थ्रीस्टारले एपीएफलाई २–० र नेपाल पुलिसलाई ट्राइबेकरमा ३–४ गोल अन्तरले हराएको थियो । माईभ्याली गोल्डकपमा दोश्रो पटक सहभागिता जनाएको थ्रीस्टार पहिलो संस्करणमा विभागीय टीम आर्मीसँग सडनडेथमा ६–७ गोल अन्तरले पराजित बन्दै उपविजेता बनेको थियो । 

जीतसँगै थ्रीस्टारले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र ट्रफी पायो । मनाङले भने ४ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो । फाइनलको ‘म्यान अफ द म्याच’ उपविजेता मनाङ मस्र्याङ्दीका हेमन गुरुङ घोषित हुँदै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडी उपविजेता मनाङका बिराज महर्जन घोषित भए । उनले १५० सिसीको यमाहाको स्कुटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक मार्ईभ्यालीका मनीष थापा, नेपाल पुलिसका क्लबका रेजिन सुब्बा तथा एपीएफका युवराज खड्का र नवीन लामा घोषित भए । खेल अवधिभर २-२ गोल गरेका उनीहरुले जनही ७ हजार रुपैयाँ प्राप्त गरे ।   

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता थ्रीस्टार क्लबका एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट डिफेन्डर विजेता थ्रीस्टारका पिटर, उत्कृष्ठ मिडफिल्डर थ्रीस्टारकै सुनिल बल, उत्कृष्ट फर्वाड थ्रीस्टारकै विदेशी खेलाडी मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । त्यसैगरी उदयीमान खेलाडि आयोजक मार्ईभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले नगद २० हजार प्राप्त गरे । 

गत ६ वैशाखबाट सुरु भएको प्रतियोगितामा तीन विदेशीसहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टीमको सहभागिता थियो । 
मार्ईभ्याली फुटबलको आयोजनामा प्रतियोगितामा सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानसमेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.