गोठजस्तो स्कुल सुधार्न जुटे सरोकारवाला

गोठजस्तो स्कुल सुधार्न जुटे सरोकारवाला

बर्दिबास : महोत्तरीको गौशाला नगरपालिका-६ फूलकाहास्थित जनता आधारभूत विद्यालयको शैक्षिक व्यवस्थापन गर्न सरोकारवाला जुटेका छन्। ‘विद्यालय कि गोठ’ शीर्षक समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशन भएपछि विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि बैठक बसी विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्न लागेका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सदाको अध्यक्षतामा बसेको बैठकले ७ दिनभित्र विद्यार्थीलाई तत्काल भुइँमा बस्न चकटी किन्ने, बालबालिका पढ्ने ठाउँको गोठ हटाई सरसफाइ गर्ने र एक महिनामा कम्तीमा २ कठ्ठा जग्गा विद्यालयको नाममा खरिद गर्ने निर्णय गरेको छ।

पठनपाठन व्यवस्थापन गर्न गौशाला नगरपालिका-६ को वडा कार्यालयले तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराउने वडाध्यक्ष नथुनी राउतले जानकारी दिए। ‘दुई लाखले नपुगे थप रकम दिन्छौं’, उनले भने, ‘विद्यार्थीको भविष्यप्रति हामी गम्भीर भयौं।’ उनका अनुसार विद्यालयमा अध्ययन गर्ने मुसहर बस्तीका सबै बालबालिकालाई शैक्षिक सामग्री, स्कुल ड्रेस, झोला, दिउँसोको खाजासमेत उपलब्ध गराइनेछ।

दलित बस्तीमा रहेको विद्यालयको दुरवस्थाबारे समाचार प्रकाशन भएपछि शिक्षा मन्त्रालयले महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालसँग विद्यालयको स्थलगत अवस्थाको रिपोर्ट मागेको स्रोतले जानकारी दिएको छ। जिशिअ दाहालले शनिबार गौशाला क्षेत्रका विद्यालय स्रोत व्यक्ति दीपक बराललाई स्थिति बुझ्न पठाएका थिए। विद्यालयको अवस्थाबारे जानकारी लिएपछि जिशिअ दाहालले एक महिनामा जग्गा व्यवस्थापन गरे विद्यालय भवन निर्माण गर्न १६ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी अन्नपूर्ण पोस्ट्लाई दिए।

‘एक महिनाभित्र जसरी भए पनि विद्यालयका लागि जग्गा खरिद गर्ने गरी काम गरिन्छ’, वडाध्यक्ष राउतले दृढता व्यक्त गरे। फूलकाहास्थित मुसहर बस्तीमा ०६६ सालमा आधारभूत विद्यालय स्थापना भए पनि कक्षाकोठा, डेस्क-बेन्च अभावमा विद्यार्थी गोठसँगै भुइँमा बसेर पढ्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.