सोल्माका चिया मजदुरले पाएनन् न्यूनतम ज्याला

सोल्माका चिया मजदुरले पाएनन् न्यूनतम ज्याला

 तेह्रथुम : लालीगुराँस नगरपालिका संसारेकी ४५ वर्षीया विष्णु सुवेदीका औंला चिरा-चिरा परेर फुटेका छन् । सोल्मा चिया बगानमा ३० वर्षदेखि काम गर्दै आएकी उनका औंलाका काप पनि पाकेका छन् । ‘बगानमा काम गर्ने मजदुरका लागि चाहिने अत्यावश्यक उपकरण कम्पनीले दिएको छैन’, उनी भन्छिन्, ‘बिनाउपकरण काम गर्दा हातखुट्टाभरि चोट लागेको छ ।’

अरू मजदुरको पनि हालत विष्णुको जस्तै छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोल्मामा सञ्चालन गरेको चिया बगानमा काम गर्ने मजदुर अन्यायमा परेको गुनासो गर्छन् । महिला कामदार असुरक्षित रहेको र काम लगाउनेबाट विभिन्न किसिमको गालीगलौज सुन्नुपर्ने बाध्यता रहेको अर्की मजदुर तेजकुमारी श्रेष्ठ बताउँछिन् ।

‘बोर्डद्वारा सञ्चालित चिया विस्तार आयोजनामा काम गर्ने महिला शोषित छन्’, उनी भन्छिन्, ‘काम गर्दा अश्लील गाली र दुव्र्यवहार सहनुपर्छ ।’

महिला कामदारका लागि यस्तो व्यवहार साझा समस्या भएको ट्रेड युनियन महासंघ तेह्रथुमका सदस्य इसारा सुवेदीको भनाइ छ । चिया मजदुरले दैनिक ज्यालामा पनि ठगिएको गुनासो गरेका छन् । बगानमा काम गर्ने कामदारको दैनिक ज्याला ३ सय २३ रुपैयाँ तोकिए पनि २ सय ५३ मात्र पाउँदै आएको केशव भण्डारी बताउँछन् । सरकारले श्रमजीवी ऐन २०७४ अन्तर्गत मासिक पारि श्रमिक ९ हजार ७ सय तोकेको छ । श्रमिकले उपयुक्त सेवासुविधा नपाएको र सरकारले तोकेको न्यूनतम पारि श्रमिकबाट पनि आफूहरू वञ्चित रहेको भण्डारीको गुनासो छ ।

‘बिहान १० देखि साँझ ५ बजेसम्म झरी, बादल नभनी काम गर्नुपर्छ’, उनी भन्छन्, ‘तर, दाम भने चित्तबुझ्दो छैन ।’

चिया बगानको कार्यलयबाट एक-डेढ किमि दूरीसम्म कतै शौचालयसमेत नरहेको अर्का मजदुर कर्मप्रसाद पोखरेल सुनाउँछन् । ‘आधा घण्टासम्म लगाएर शौचालय जानुपर्ने बाध्यता छ’, उनी भन्छन् । बगानमा आधा दर्जन मजदुर भए पनि कम्पनीले शौचालय नबनाइदिएको उनको गुनासो छ । दिसा-पिसाब लाग्दा अरूका घरको शौचालय खोज्नुको विकल्प नरहेको उनी बताउँछन् ।

चोट लाग्ने गरी काम गरे पनि कम्पनीले समयअनुकूल उपचार खर्च नदिएको अर्का मजदुर जीवनप्रसाद पोखरेल बताउँछन् । भन्छन्, ‘वर्षभरिमा उपचारका लागि ५ र छाता खरिदमा २ सय रुपैयाँ पाइन्छ, यसले छेउ पनि पुग्दैन ।’ सबै कुरा महँगो भइसके पनि आफूहरूले भने पुरानै मूल्यमा काम गर्नुपरिरहेको उनको भनाइ छ ।

स्वास्थ्य बिमा नहुँदा झनै समस्या रहेको उनीहरूको भनाइ छ । ‘बिमाका बारेमा त चिया तथा कफी विकास बोर्ड बेखबरझैं छ’, चिया उद्यमी टेकबहादुर केप्छाकी मगर भन्छन्, ‘मजदुरका समस्या बढ्दै गए पनि यहाँका अगुवा उद्यमीलाई नै बिमाको बारेमा जानकारी छैन ।’

मजदुरले चियाको गोडमेल, मलजल, काँटछाँट, पत्ती टिप्ने, काट्ने तथा भण्डारण गर्ने काम गर्दैै आएका छन् । मजदुरले उमेरको हदमा ५८ वर्षसम्म काम गर्न पाउँछन् तर निवृत्त हुँदा बोर्डले २० हजार मात्र उपदान दिँदै आएको जनाइएको छ । यो उपदान समयसापेक्ष नभएको एक वर्षअघि अवकाश पाएका मजदुर यमनाथ सुवेदी बताउँछन् ।

विभिन्न समस्या र अभावमा जेलिएका चिया मजदुर कम्पनीको व्यवहारप्रति खुसी छैनन् । दशकौं काम गर्दा पनि दैनिक ज्याला र सेवासुविधामा बोर्डले ठगेका कारण काम गर्ने मनसाय कम हँुदै गएको मजदुर सूर्यमान समाल बताउँछन् । ‘अब हाम्रो समस्या र माग सम्बोधन नभए विकल्प खोज्छौं’, उनी भन्छन् ।

बोर्डअन्तर्गत चिया विस्तार योजना सोल्माका प्रमुख विजय नारायण मि श्र मजदुरका माग आगामी साउनपछि सम्बोधन हुने बताउँछन् । ‘नयाँ आर्थिक वर्षपछि सरकारले तोकेको ज्याला कायम हुनेछ’, उनी भन्छन्, ‘वार्षिक उपचार खर्च ५ हजार र बिदा ३० दिनका लागि केन्द्रीय विकास बोर्डमा सिफारिस गरिएको छ ।’ उनका अनुसार उपदान पनि २० हजारबाट बढाएर १ लाख पु¥याउने लक्ष्य छ । ‘विनियम संशोधन हुनेमा मजदुर ढुक्क भए हुन्छ’, उनी भन्छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.