झापामा करेन्ट लागेर एको मृत्यु
दमक : झापाको भद्रपुरमा करेन्ट लागेर एकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ स्थित हिमाली चोक बस्ने ५२ वर्षीय बालकुमार तामाङ रहेका छन्।
उनको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।किच्चकबध दुध डेरीमा दुध बेच्न गएका तामाङलाई टिलिङभ्याट (दुध चिस्याउने भाडा) को ढकन खोल्ने क्रममा अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए।
उनको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारका क्रममा बेलुका ७ बजे मृत्यु भएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
५