सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

विराटनगर :  मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप एकापसमा ठक्कर खाँदा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदा बस्ने ३६ वर्षीय विनोद साह सुनारको उपचारको क्रममा मृत्यु भएको हो । 

उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । 

सोही घटनामा कटहरि बस्ने २८ वर्षीय जीतेन्द्र साह र कारचालक मोरङको कर्सिया बस्ने २४ वर्षीय दिनेश राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.