चितवनमा तीन हजार एक सय केराका बोट अज्ञात समूहले काटेर सखाप

चितवनमा तीन हजार एक सय केराका बोट अज्ञात समूहले काटेर सखाप

चितवन: चितवनका किसानले लगाएको ३ हजार एक सय भन्दा धेरै केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएको छ । जिल्लाको कालिका नगरपालिका-६ भटेनी नयाँ टोलस्थित १२ किसानको केराखेती अज्ञात समूहले सोमबार राति काटेर सखाप बनाइदिएको हो । 

हालसम्म पहिचान खुल्न नसकेको समूहले रातिको समयमा कोसा लागिसकेका केराका बोट बगानमै काटेर सखाप बनाइदिएका हुन् । पीडित किसानहरूका अनुसा ३१ सय भन्दा बढी केराका बोट काटिएको छ। केराका बोट काट्ने समूहले मकैको बोटसमेत काटिदिएका छन् । 

केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तका अनुसार केराका बोट काटेर सखाप बनाएपछि दोषीमाथि कारबाही माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ। 

कसको कति क्षति भयो ? 

पीडित किसानहरूका अनुसार सबैभन्दा धेरै स्थानीय कृषक कोपिला दाहालको १२ सय बोट केरा काटिएको छ । त्यसैगरि शोभा भट्टका ६ सय बोट, झलक सुवेदीको ३ सय बोट, शंकर अम्गाईका २ सय ५० बोट, गोपी लामिछानेका २ सय बोट, नवराज धितालका एक सय ५० बोट, लिला पंगेनीको १ सय ५० बोट, पुर्णबहादुर खड्काको ९७ बोट, देवीप्रसाद गोतामेका ५० बोट, गोविन्द दाहालका ५० बोट, ध्रुव आचार्यका ३५ बोट र भूमिनन्द दुवाडीको १२ बोट केरा काटेर पुरै ढालिएको छ। 

फलिसकेका केराका बोट काटिनुमा ठुलै समूहको हात रहेको र यो घटना सूनियोजित रहेको बताउँदै पीडित किसानहरूले दोषीलाई पक्राउ गरी कारवाहीको माग गरेका छन् । 

केहीदिन अघि मात्रै केरा खेति भएकै स्थानबाट लागूपदार्थ दुर्व्यसनी युवाहरूलार्इ प्रहरीले पक्राउ गरेको थियो । किसानहरूले तिनै युवाहरूले केराखेतीमा क्षति गरेको अनुमान गरे पनि तथ्य कुरा खुलिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.