तरकारीवाली अभिनीत 'लम्फु' युनिट पूर्वमा

तरकारीवाली अभिनीत 'लम्फु' युनिट पूर्वमा

दमक : एकताका तरकारीवालीबाट भाइरल बनेकी कुसुम श्रेष्ठद्वारा अभिनीत चलचित्र ‘लम्फु’को टोली प्रमोसनका लागि पूर्व आएको छ।

मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै लम्फुको युनिटले सामाजिक कथामा आधारित चलचित्र भएकाले एकपटक हेरिदिन सबै दर्शकसमक्ष आग्रह गरेको छ। चलचित्र अमलाको स्वादजस्तो रहेको निर्देशक गोपालचन्द्र लामिछानेले बताए। भने, ‘चलचित्र अमलाको स्वादजस्तै छ। सुरुमा अलिअलि टर्राे पछि गुलियो।’

शक्ति वल्लभ घोरसाई निर्माता रहेको चलचित्र लम्फु यही वैशाख २८ बाट देशभर प्रदर्शन हुनेछ। एक करोड रुपैयाँको लगानीमा बनेको चलचित्र लम्फुले काम नपाएर बसेका युवाहरूको कथालाई जीवन्त रूपमा पर्दामा उतारेको निर्देशक लामिछानेले दाबी गरे। तरकारीवालीलाई प्रयोग गरेर चलचित्र चलाउन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा निर्देशक लामिछानेले तरकारीवालीलाई युज गरेको तर मिसयुज नगरेको बताए।

उनले चलचित्रको युनिटले उनको मास्टरसम्म पढ्ने वातावरण मिलाइदिएपछि राजीखुसीले नै चलचित्रमा खेलेको बताए। चलचित्रको छायांकन काठमाडौं, पर्वत, बागलुङ, मिरिक लगायतका ठाउँका गरिएको निर्माता घोरासैनीले जानकारी दिए। लगानी उठाउनकै लागि फिल्म बनाइएको हुन्छ भन्दै उनले चलचित्र चल्नु नचल्नु दर्शकको हात हुने बताए। चलचित्र लम्फुमा झापा दमकमा कवीर खड्का मुख्य नायकका रूपमा रहेका छन्।

उनले आफ्नो डेब्यु फिल्म भएकाले आफ्नो पात्रलाई सक्दो न्याय दिने प्रयास गरेको बताए। चलचित्र धेरै उत्कृष्ट नभए पनि समाजका चरित्रलाई जस्ताको त्यस्तै उतारेकाले दर्शकको मन छुनेमा उनी आशावादी देखिए। चलचित्रमा नायक खड्कासँगै सलोन बस्नेत, कुसुम श्रेष्ठ, मार्सिका पोख्रेललगायत कलाकार छन्। तरकारी बोकेको फोटोबाट भाइरल बनेकी कुसुमको भने चलचित्रमा थोरै भए पनि महत्वपूर्ण भूमिका रहेको निर्देशक लामिछानेको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.