दमक गोल्डकप : झापा र मदन भण्डारीबीच उद्घाटन खेल

दमक गोल्डकप : झापा र मदन भण्डारीबीच उद्घाटन खेल

दमक : दमक गोल्डकप फुटबल प्रतियोगिता बुधबारदेखि झापामा सुरु हँुदैछ । उद्घाटन खेलमा झापा–११ र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नेछन् ।

वैशाख २८ सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको दमक नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईले जानकारी दिए । प्रतियोगिताको विजेताले १३ लाख ५१ हजार रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहने प्रतियोगिताका प्रचार संयोजक चन्द्र खत्रीले जानकारी दिए । गोल्डकपमा आयोजक दमक–११, रमपम झापा–११, मदन भण्डारी स्पोर्टस् एकेडेमी, रूपन्देही–११, मनाङ मस्र्याङ्दी क्लब, रुस्लान थ्रीस्टार क्लब, सरस्वती क्लब, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब सहभागी हुनेछन् । गोल्डकप सम्पन्न गर्न एक करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.